मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सामाजिक सुरक्षालाई बृहत् सहभागितामूलक योजना बनाइनुपर्छ : मन्त्री भण्डारी

सामाजिक सुरक्षालाई बृहत् सहभागितामूलक योजना बनाइनुपर्छ : मन्त्री भण्डारी

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामूलक योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले मंगलबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आयोजना गरेको कार्यक्रममा उनले उक्त योजना भर्खरै सुरूआत भएकाले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने बताए ।

सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले श्रम स्वीकृति लिएका वा नलिएका सबै नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरू गर्ने बताए । त्यसका लागि एनआरएनएसँगको सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो । “श्रमिकको सुरक्षा र उनीहरूको श्रमको सम्मानका लागि पनि सरकार सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्छ”, उनले भने, “योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी छ ।”

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौतालगायत नीतिगत र सरकारी प्रक्रियागत काम सुरू भएको बताए । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उनको भनाइ थियो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकलाई अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घन्टे कल सेन्टरसहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गरिने बताए ।

कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलका रूपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरू गरेकामा आभार व्यक्त गरे ।

योजनाको सफलताका लागि कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उनले जोड दिए । योजना सुरुआत हुनु सकारात्मक भए पनि त्यसमा परिमार्जन आवश्यक भएको उनको भनाइ थियो । अध्यक्ष केसीले सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताए ।

एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई योजनामा जोड्न देशैपिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्षरूपमा सहकार्य गर्ने बताए ।

सामाजिक सुरक्षा कोषको योजना सरकारको मात्रै नभई एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि भएकोले संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको जिकिर गर्दै उक्त योजनालाई सफल बनाउनु जिम्मेवारी र कर्तव्यसमेत भएको उल्लेख गरे ।