मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपाने चयन

नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपाने चयन

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नागोया । जापानको नागोया शहरमा आइतबार नेपाली सञ्चारकर्मीहरुको भेलाले नेपाली मिडिया सेन्टर जापानको अध्यक्षमा कविकिरण न्यौपानेलाई चयन गरेको छ।

न्यौपाने नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सदस्य एवं बर्तमान सल्लाहकारसमेत हुन्। त्यस्तै सेन्टरको उपाध्यक्षमा विनोदकुमार सापकोटा र श्याम शीतल रहेका छन्। सापकोटा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार हुन् भने शीतल एनआरएनए जापानका सचिवसमेत हुन्।

त्यस्तै मिडिया सेन्टरको सचिवमा राजबिन थापा रहेका छन्। उनी नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वकोषाध्यक्ष तथा वर्तमान राष्ट्रिय परिषद् सदस्यसमेत हुन्।

सहसचिवमा भने एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्षसमेत रहेका यमन देवान चयन भएका छन्। सेन्टरको कोषाध्यक्षमा निशान रानामगर रहेका छन्। उनी नेपाल पत्रकार महासंघ जापानका पूर्वकार्यसमिति सदस्य तथा स्याङ्जा समाज क्षेत्रीय समिति नायोयाका पूर्वअध्यक्षसमेत हुन्।

कार्य समिति सदस्यहरुमा नेपाल पत्रकार महासंघ जापान शाखाका कार्यसमिति सदस्यसमेत रहेका विकास लम्साल, राम तामाङ्ग, सरिता थापा रहेका छन्। तामाङ्ग र थापा पनि नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्वकार्यसमिति सदस्य हुन्।

जापानमा १ लाख ४० हजारको हाराहारीमा नेपाली पुगिसकेको अवस्थामा नेपालीहरुलाई सही सूचना र समाचार पुर्‍याउन नेपाली मिडिया सेन्टर प्रभावकारी हुने सेन्टरका अध्यक्ष कविकिरण न्यौपानेले बताए ।

सेन्टरका सचिव राजविन थापाका अनुसार छिट्टै जापानको नागोया सहरमा सेन्टरको आफ्नै कार्यालयसहित सूचना केन्द्र स्थापना हुनेछ।