ह्युस्टन, टेक्सस्।
नयाँ वर्ष २०८० को सन्दर्भमा नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) आयोजनामा आज (अप्रिल आठ)देखि शुरु भएको NAH New Year Cup Soccer प्रतियोगिता अन्तर्गत आज भएको दुई सेमिफाइनल खेलबाट चन्द्र सूर्य फुटबल क्लब र अस्टिनबाट सहभागी भएको मेट्रो फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा चन्द्र सूर्य र ह्युस्टन टाइगर्स तथा मेट्रो फुटबल क्लब अस्टिन र थ्रि स्टार फुलबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। नकआउटका आधारमा भएको एनएएच कपका पहिलो चरणका सबै खेलहरु आज नै हिमालयन कल्चरल सेन्टरको खेल मैदानमा भएको हो।
ह्युस्टनबाट सात र अस्टिनबाट एक सहित आठवटा फुटबल क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले एकहजार डलर नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुने टिमले क्रमश सातसय र पाँचसय डलर नगद पुरस्कार सहित ट्रफी पाउने छन्।
स्थानीय खेलप्रेमी युवाहरु जनार्जन कँडेल, हिमाल पङ्गेनी र विशाल भण्डारीको सक्रियतामा आयोजित एनएएच कप सकर प्रतियोगिताले ह्युस्टन युवाहरुमा खेल भावनाको विकास भएको छ भने नेपाली मन्दिरमा नेपालीहरुको आवत-जावत समेत बढाएको एनएएचका अध्यक्ष रविन श्रेष्ठले बताएकाछन्।
फाइनल खेल भने अप्रिल १५ दिन नयाँ वर्ष साङ्गीतिक उत्सव अगाडि हुने आयोजकहरुले जानाएका छन्।
फोटोः एनएएच
प्रतिक्रिया