मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   
हिमालयखवर विशेष   

केनेडी जुनियरले अगामी राष्ट्रपति चुनावमा वाइडेनलाई पार्टी भित्रै चुनौती दिने

केनेडी जुनियरले अगामी राष्ट्रपति चुनावमा वाइडेनलाई पार्टी भित्रै चुनौती दिने

तस्बिर: सामाजिक संजाल

अमेरिका- वातावरण मामिला सम्वन्धि वकिल तथा खोप विरोधी अभियान्ता रोवर्ट एफ केनेडी जुनियरले आउने चुनावमा डेमोक्र्याटिक पार्टीवाट राष्ट्रपतिमा उम्मेदवारी दिने प्रकृया अगाडी वढाएका छन् । उनले आफ्नै पार्टीका वर्तमान राष्ट्रपति जो वाइडेनलाई चुनौती दिएका हुन् ।

अमेरिकामा आगामी राष्ट्रपतिको चुनाव २०२४ मा हुदैं छ । यसका लागि केनेडीले फेडरल इलेक्सन कमिशनमा कागजातहरु पेश गरिसकेको वताईएको छ ।

Advertisement

उनी पुर्व अमेरिकी सिनेटर, एटर्नी जनरल तथा सन् १९६८ मा हत्या गरिएका तत्कालिन राष्ट्रपति उम्मेदवार रोवर्ट एफ केनेडीका छोरा हुन् । अहिले ६९ बर्ष भएका जुनियर केनेडी पुर्व राष्ट्रपति जोन अफ केनेडीका भतिजा पनि हुन् । केनेडी अमेरिकाको प्रतिष्ठित राजनीतिक परिवार हो । केनेडी जुनियरले गत महिना राष्ट्रपति उम्मेदवार वन्ने सोच वनाईरहेको सार्वजनिक गरेका थिए । केनेडी परिवारका कयौं सदश्य राजनीति र कुनटीतिक क्षेत्रमा संलग्न छन् ।

अमेरिकामा दोस्रो कार्यकालका लागि उठ्न चाहने राष्ट्रपतिलाई पार्टी भित्र चुनौती दिने प्रचलन विरल्लै हुने गरेको छ । राष्ट्रपति उम्मेदवार वन्नु अघि पार्टी भित्र हुने आन्तरीक चुनाव प्राइमरीमा आवश्यक समर्थन जुटाउनु पर्छ । यदी वाइडेनले आवश्यक समर्थन जुटाउन सकेनन् भने पार्टीको उम्मेदवार हुन पाउंदैनन् ।

वर्तमान राष्ट्रपतिको उमेर लगायतका कारणले दोस्रो पटक राष्ट्रपति वन्न सहज भने छैन । तस्बिर: सामाजिक संजाल

शेयर गर्नुहोस:

405
Shares