मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
बिश्वमा सफल नेपाली   

अप्रिल १५ मा बुबा आमाको पिकनिक

अप्रिल १५ मा बुबा आमाको पिकनिक


ड्यालस (टेक्सस) । नेपालबाट अमेरिका आएका वृद्ध बा आमाहरुका लागि लक्षित गरेर आउँदो महिना ड्यालसमा बुबा आमा पिकनिक कार्यक्रम हुने भएको छ ।

ड्यालसका सकृय युवाहरुको आयोजनामा बुबा आमा पिकनिक आयोजना हुन लागेको हो । केही वर्ष अघि सुरु भएको यो कार्यक्रम कोभीडका कारण दुई वर्षदेखि रोकिएको थियो ।

यसपटकदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदैछौ आयोजक मध्यका एक सकृय युवा जुविन राजभण्डारीले हिमालयखबरसँग भने । यही अमेरिकामा रहेका वृद्ध बुबा आमा, हजुर बा, हजुरआमा लगायतलाई एक आपसमा भेटघाट गराउने, नेपालबाट घुम्न र परिवारलाई भेट्न अमेरिका आएका बुबा आमाहरुलाई समेत नेपालको न्यास्रो लाग्न नदिने उद्वेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

आउँदो अप्रिल १५ तारिक शनिबार कोपेल सिटीको एन्ड्ु ब्राउन पार्कमा कार्यक्रम हुन समेत राजभण्डारीले जानकारी दिए । कार्यक्रममा सहभागीले कुनै शुल्क तिर्नु नपर्ने र बुबा आमाका लागि शुद्ध मनोरञ्जन, एकआपसमा चिनजान गराउने, न्यास्रो मेटाउने लक्ष्यले मात्र कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुनका लागि जुबिन राजभण्डारी (मोबाइल नम्बर ८१७-६०९-०८९३) वा जीवन घिमिरे (मोबाइल नम्बर ८३२-२८८-०७२७) लाई सम्पर्क गर्न सकिनेछ ।

शेयर गर्नुहोस:

6.7k
Shares