नेपालीहरु जहाँ बस्छन्, त्यहीं आफ्ना धार्मिक र साँस्कृतिक पर्वहरु धुमधामका साथ मनाउँछन्। प्रवासमा नेपालीहरु सामुहिक रुपमा पर्वहरु मनाउन सप्ताहन्तमा जम्मा हुने गर्दछन्।
नेप्लिज हेरिटेज युनियन (एमएचयु) ले गत शनिवार ह्युस्टनस्थित आर्थर स्टोरी पार्कमा आयोजना गरेको फागु पर्व (होली) मनाउन दर्जनौं नेपालीहरु भेला भएका थिए। प्रत्येक वर्ष ह्युस्टनमा होली पर्व आयोजना गर्दै आइरहेको युवाहरूको संस्था एनएचयुको होलीमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो। रङ्ग खेल्दै नाचगानमा रमाएका युवाहरुसंगै नेपालबाट आउनु भएका आमा/बुबाहरु समेत फागुको मनाउन सहभागी भएका थिए।
 


 




                                                    


                    
                    
                    
                    
प्रतिक्रिया