मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

हेम-सरिता पाठक फाउन्डेसन अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिको पुनर्गठन

हेम-सरिता पाठक फाउन्डेसन अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिको पुनर्गठन


शेयर गर्नुहोस:

13.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका– सुशासन तथा भ्रष्टाचार विरुद्धमा सचेनामुलक गतिविधि सम्पन्न गर्दै आएको “हेम-सरिता पाठक फाउन्डेसन” को नयाँ कार्यसमिति गठन भएको छ। थाहा पुस्तकालय, काठमाडौंमा सम्पन्न साधारणसभाले फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा, बोनस खनाल! मिनुर श्रेष्ठ, हिमनाथ ओली र सोनी पाठक, महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा बिष्णु भेटवाल चयन हुनुभएको छ। 
 
यसैगरी फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको सदस्यहरुमा क्रमशः दिनेश शर्मा, बिन्द्या सिटौला (अस्ट्रेलिया), आयाम पौडेल (अस्ट्रेलिया) र राधेश्याम लेकाली (नेपाल) – पदेनको मनोनयन भएको छ। 
 
यसैगरी “हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखा”को अध्यक्षमा राधेश्याम लेकालीको मनोनयन भएको छ। कार्यसमितिको सदस्यहरुमा क्रमशः श्रीमान कार्की, हितमान तामाङ, दिपक राई! सुवास उप्रेती, तुरुप संग्रौला, सुमन पौडेल, कमला पाठक र दिवस रिजाल, सुमन पौडेल, प्रकाश भेटवालको मनोनयन भएको छ। 
 
सो सभामा फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, प्रमुख सल्लाहकार, प्रेमराजा महतलगायत तीर्थ कोइराला, शीव गाउलेमातृका पौडेलको उपस्थिति रहेको थियो। 
 
फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिका सल्लाहकारहरुमा क्रमशः डा. तुलसी दाहाल (अमेरिका), डा. नविन दाहाल (अमेरिका), डा. राजन रिजाल (अमेरिका), डा. सोनी थापा (क्यानडा), डा. सुशील जोशी (अमेरिका), मदन पाठक (अमेरिका) र प्रेम श्रेष्ठ (अमेरिका) रहनु भएको छ भने अभिव्यक्ति दूतमा किरण के. सी. र शिवहरि पौडेल तथा प्रचार विभाग प्रमुखमा मातृका पौडेल रहनु भएको छ। 
 
यसैगरी फाउन्डेसनको नेपाल शाखाको सल्लाहकारहरुमा क्रमशः तीर्थ कोइराला, रामप्रसाद सिटौला, गोकर्ण विष्ट, विज्ञानराज शर्मा, रमेश खरेल, तपबहादुर थापा मगर, जिवेन्द्र सिम्खडा, रविन्द्र मिश्र, हरिबहादुर थापा, शीव गाउले, कृष्ण कडेल, नारायण रायमाझी, डा. भोला रिजाल, वी. वी. अनुरागी, जीवन शर्मा, डा. भीष्म भूषाल र देवेन्द्र सिटौला रहनु भएको छ।

Advertisement

शेयर गर्नुहोस:

13.3k
Shares