अमेरिका – अमेरिकामा तल्लो सदन हाउस अफ रिप्रेन्टेजेटिभका (कांग्रेस) ४ सय ३५ सिट र ३५ सिट माथिल्लो सदन सिनेटका लागि भएको निर्वाचनको मतदान केही राज्यमा सकिएको छ । पश्चिमी राज्यमा भने केही समय पनि मतदान सकिने छ ।
यो निर्वाचनमा कांग्रेस र सिनेटमा डेमाक्रायाटीक वा रिपव्लिकन कुन पार्टीको बहुमत आउला भन्ने मुख्य चासोको विषय वनेको छ । आम अमेरिकी मतदाताका लागि भने महंगी नम्बर यो निर्वाचनको नम्बर एक एजेण्डा वनेको थियो । त्यसले राष्ट्रपति जो वाइडेनको र उनको पार्टी डेमोक्र्याटलाई धक्का पुग्ने गरी नजिता आउने अनुमान गरिएको छ ।
अहिले तल्लो सदन कांग्रेसमा डेमोक्र्याट पार्टीको बहुमत छ । सिनेटमा दुवै पार्टी बरावरीमा छन् । यदी डेमाक्र्याट पार्टीले यो चुनावमा बहुमत गुमायो भने उक्त पार्टीवाटै प्रतिनिधित्व गर्ने राष्ट्रपति जो वाइडेनलाई समेत आफ्ना नीति कार्यान्वयन गर्न कठिन हुने छ ।
कांग्रेसमा यस पटक डेमोक्र्याट पार्टीले बहुमत गुमाउने आंकलन गरिएको छ । निर्वाचन सकिए लगत्तै आएको पहिलो प्रारम्भिक नतिजामा रिपब्लिकन पार्टीले अग्रता लिएको छ । तर, स्पष्ट रुझान आउन भने केही समय लाग्ने छ ।
कांग्रेस र सिनेटवाहेक केही राज्यमा गभर्नर, राज्य स्तरीय प्रतिनिधि र गांजालाई कानुनी मान्यता दिने नदिने लगायतका स्थानिय मुद्दाहरुका लागि पनि निर्वाचन भईरहेको छ ।
अमेरिकामा अहिले उपभोग्य वस्तुको महंगी उच्च छ । घर देखि खानपिनका समान सम्मको मुल्य अकासिएको छ । यसलाई आम अमेरिकीले रुचाएका छैनन । यस वाहेक राष्ट्रपति वाइडेनको कार्यशैलीलाई लिएर पनि धेरै मतदाता सन्तुष्ठ छैनन् ।
यो चुनावमा नेपाली समुदायका कयौं मतदाताले पनि सकृय रुपमा सहभागी भएर भोट हालेका छन् । यसरी भोट हालेको फोटो समाजिक संजालमा राखिरहेका छन् ।












प्रतिक्रिया