अमेरिका- अमेरिकामा नोभेम्बर ८ मंगलवार तल्लो सदन भनिने हाउस अफ रिप्रेजेन्टिभ (कांग्रेस), माथिल्लो सदन सिनेटका ३५ र ३९ राज्यमा गभर्नर पदका लागि चुनाव हुँदैछ ।
सन् २०२० मा भएको जनगणना अनुसार यो चुनाव हुन लागेको हो । यसपटक केही सिटमा तल माथि हुने अनुमान गरिएको छ । यो चुनाब राष्ट्रपति कार्यकालको मध्येमा भएकाले मध्यावधि चुनावपनि भनिएको हो । यो चुनावले राष्ट्रपतिको दुइ बर्षे कार्यकालको मूल्यांकनका रुपमा लिने गरिन्छ ।
यी पदहरु वाहेक राज्य स्तरका पद र विभिन्न स्थानीय मुद्दामा पनि चुनाव हुन्छ । कयौं स्टेटमा गाँजा किनबेचलाई कानुनी मान्यता दिने नदिने, स्थानिय करका दर बृद्धि गर्ने नगर्ने, मदिरा व्यापार विक्री सम्वन्धि भईरहेको प्रावधानलाई परिवर्तन गर्ने नगर्ने लगायतका स्थानीय विषयहरुमा पनि चुनाव हुँदैछ ।
अग्रिम मतदान शुरु भएर सम्पन्न पनि भईसकेको छ । कयौंले मत खसालिकसेका छन् । मंगलवार मतदानको अन्तिम दिन हो ।
नेपालमा जस्ता अमेरिकाको चुनावमा हो हल्ला भने हुदैन । त्यस्तो तामझाम पनि हुँदैन। राष्ट्रिय मुद्दामा मिडियाहरुमा बहस हुन्छ । तोकिएको स्थानमा केहीले नियम भित्र बसेर प्लेकार्डहरु राखेका हुन्छन् । त्यस दिन सरकारी विदा पनि हुदैन । सवै काम नियमित चलिरहेको हुन्छ । मत हाल्नेहरु आफ्नो अनुकुल समयमा जान्छन् र हालेर फर्किन्छन् । कतिले आफ्नो मत पहिलेनै हुलाक वा अग्रिम मतदान समयमै हाल्छन् । कतिलाई त चुनाव भन्ने थाहा समेत हुदैन ।
प्रत्येक दुई बर्ष पदावधि हुने हाउस अफ रिप्रेजेन्टिभमा ४ सय ३५ सिटका लागि चुनाव हुदैछ । नेपालमा संसदको तल्लो सदनको चुनाव हरेक ५ वर्षमा भएपनि अमेरिकामा भने दुइ वर्षमै हुनेगर्छ । हाउस अफ रिप्रजेन्टिभमामा अहिले डेमोक्र्याट पार्टीको बहुमत छ । यस पटक बढ्दो महंगी लगायतका कारणले डेमोक्र्याट पार्टीलाई यो बहुमत जोगाईराख्ख कठिन देखिएको छ । सिनेटका १०० सिट मध्ये ३५ मा पनि यसै पटक चुनाव हुँदैछ ।
कांग्रेस र सिनेटले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति, कार्यक्रम स्विकृत गर्ने नगर्ने, बजेट पारित गर्ने जस्ता महत्वपुर्ण निर्णय गर्छ । अमेरिकामा सदन (सिनेट र कांग्रेस) ह्वाइट हाउस प्रशासनको नेतृत्व गर्ने राष्ट्रपनि र न्यायपालिका विच सन्तुलन वनाईराख्ने गरी संविधान वनाईएको छ ।
हइट हाउसमा डेमोक्र्याट पार्टीवाट प्रतिनिधित्व गर्ने राष्ट्रपति जो वाइडेनको लोकप्रियता घटिरहेको बेलामा चुनाव हुन लागेको हो ।
अमेरिकामा अहिले उपभोग्य वस्तुको उच्च मुल्य बृद्धि उच्च छ । यो नै अहिलेको मुख्य मुद्दा बनेको छ । त्यस पछि बढ्दो ब्याजदर, युक्रेन युद्ध लगायतका अन्तराष्ट्रिय विषयपनि मुद्दाका रुपमा उठेका छन् । डेमोक्र्याट पार्टीले भने प्रजातन्त्रिक प्रकृया लगायतका विषय उठाईरहेका छन् ।
मंहगी नियन्त्रण गर्न वाइडेन प्रशासन चुकेको आरोप छ । यस कारण इमिग्रेशन लगायत समाजिक सेवामा उदार मानिने डेमोक्र्याट पार्टीका लागि यो चुनाव कठिन समयमा हुदैं छ ।
यदी यो चुनावमा तल्लो र माथिल्लो सदनमा रिपव्लिकन पार्टीले बहुमत ल्यायो भने राष्ट्रपति वाइेडनलाई आफ्ना योजना तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन हुने छ ।
यो चुनावमा हुने हार जितले अमेरिकाले लिने नीतिमा पनि परिवर्तन हुने छ । त्यसैले यो चुनावलाई महत्वका रुपमा हेरिएको छ । पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रभाव समेत यो चुनाव देखिएको छ । यसले अव दुई बर्ष पछि हुने राष्ट्रपति चुनावलाई समेत केही प्रभाव पार्ने छ ।
मंगलवार साँझबाटै चुनावको नतिजा आउने थाल्ने छ । पहिले मतदान सकिने पुर्वी राज्यवाट नतिजा आउन थाल्ने छ ।
चुनावमा नेपाली समुदायः
सन् २०२० को जनगणना अनुसार करिव एक लाख नेपाली समुदाय मतदाता सुचीमा रहेको देखाएको छ । कांग्रेस, सिनेट र गभर्नर पदमा नेपाली समुदायको भोटले जित हार गर्ने संख्या नपुग्ने भएपनि अन्य स्थानीय तहका पद र मुद्दामा भने केही स्थानमा प्रभाव पार्छन ।
टेक्सस ड्यालस स्थित युलेस, अर्भिङ, कोलोराडोको एरोरा, बोल्डर, न्यूयोर्कको स्थान लगायतमा नेपालीको उल्लेख्य बसोवास छ ।
यो चुनावमा नेपाली समुदायको चासो भने बढेको छ । नेपाली समुदाय चुनावी कार्यक्रममा सहभागी पनि हुने गरेका छन् । यहाँका मुद्दाहरुमा चासो पनि देखाउन थालेका छन् ।












प्रतिक्रिया