मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मनका धनी मातृभूमिप्रेमीलाई सहयोग गर्न समता शिक्षा अभियान्ताहरुको आह्वान

मनका धनी मातृभूमिप्रेमीलाई सहयोग गर्न समता शिक्षा अभियान्ताहरुको आह्वान


शेयर गर्नुहोस:

1.7k
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- नेपालस्थित समता शिक्षा निकेतनका समता शिक्षा अभियन्ताहरुले अमेरिकामा रहेका मनका धनी मातृभूमिप्रेमी नेपाली, गैरआवासीय नेपालीहरुलाई समता विद्यालयलाई सहयोग गर्न आह्वान गरेका छन् । 
 
समता शिक्षा निकेतनद्वारा सञ्चालित ‘सर्वसुलभ गुणस्तरीय शिक्षा अभियान’का लागि सक्दो सहयोग जुटाउने हेतुले अमेरिकाको विभिन्न चर्चित दश सहरहरुमा हुन गइरहेको बृहत सुशोभन एवम् सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका आइपुगेका समता शिक्षा अभियन्ताहरुले यस्तो आह्वान गरेका हुन् । 
 
”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त बृहत कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले समता ग्लोबल सिनेट तथा आरके फाउण्डेसनले नोभेम्बर १ तारिखका दिन न्युयोर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आह्वान गरेका हुन् । 
 
कार्यक्रममा समता विद्यालयप्रति आफ्नो सामीप्यताका कारण प्रष्ट्याउँदै वरिष्ठ कलाकार, समाजसेवी तथा समता शिक्षा निकेतनका संरक्षक हरिवंश आचार्यले अमेरिकामा रहेका मनका धनी मातृभूमि प्रेमीहरुलाई समता विद्यालयको शैक्षिक अभियानलाई सहयोग गर्न आह्वान गरे। 
 
देशको शैक्षिक गुणस्तर निकै दयनीय अवस्थाबाट गुज्रँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै आचार्यले समता विद्यालयलाई बचाउन अमेरिकामा रहेका मनका धनी मातृभूमि प्रेमीहरुको सहयोग र सदाशयताको खाँचो परेको जिकिर गरे। 
 
कोभिडका कारण निकै प्रभावित भएको समता विद्यालय, हाल देशको चिन्ताजनक अवस्थाले थप मारमा परिरहेको अवस्थामा, समता शिक्षा अभियानलाई बचाउनका लागि सहयोग माग्न महत्त्वपूर्ण कामहरुलाई थाँती राखी आफूहरु अमेरिका आउनु परेको प्रष्ट्याए। देशमा रहेकालाई भन्दा बढी विदेशमा रहेकाहरुलाई मातृभूमि नेपालप्रति माया हुन्छ भन्नेमा जोड दिँदै आचार्यले भने समता विद्यालयलाई सहयोग गर्नु नै मातृभूमि नेपाललाई सहयोग गर्नु हो। 
 
पत्रकार भेटघाट कार्यक्रममा समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षा अभियानका सुत्रधार उत्तम संजेलले विद्यालय र समता शिक्षा अभियानका बारेमा संक्षिप्त जानकारी दिएका थिए । 
 
२२ वर्षअगाडि आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई लक्षित गरी सुरु गरिएको शैक्षिक अभियानमार्फत आज देशको ७७ वटै जिल्लामा ८० भन्दा बढि विद्यालयहरु खोलेर शिक्षा क्षेत्रमा योगदान गर्न पाउदा गर्व महसुस भैरहेको प्रतिक्रिया दिए। 
 
समता विद्यालय नेपालमा मात्र नभइ भारत र बंगलादेशमा पनि सञ्चालन गरिएको जानकारी दिदै संस्थापक संजेलले यस शैक्षिक अभियानलाई विश्वभर फैलाएर नेपाल र नेपालीलाई चिनाउने र नेपालीले गर्व गर्न पाउने अवस्था सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए। विदेशमा रहेका नेपालीहरुबाट बेलाबेलामा विद्यालयलाई आर्थिक सहयोग प्राप्त भैइनै रहेकोप्रति कृतज्ञता प्रकट गर्नुका साथै अहिले पनि अमेरिकाबाट सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरे। 
 
विद्यालयको उज्वल भविश्यका लागि विदेशमा रहेका नेपालीरगैर आवासीय नेपालीहरुलाई पनि विद्यालयमा आबध्द गराइ उनीहरुलाई आजीवन विद्यालयप्रति अपनत्व महसुस गराउन, समाता सिनेटर बनाउने अभियानमा अहिले आफूहरु जुटिरहेको बताउदै संजेलले समता सिनेटर बनी आजीवन विद्यालयको अपनत्व ग्रहण गर्ने अभियानमा जोडिन सबैलाई आह्वान गरे। 
 
न्युयोर्को ज्याक्सन हाइट स्थित ठमेल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा, समता ग्लोबल सिनेटका वरिष्ठ उपाध्यक्ष टिकाराज ढकाल र आर के फाउण्डेशनका विकास खरेलले नोभेम्बर ५ तारिखका दिन समता ग्लोबल सिनेट र आर के फाउण्डेसनको आयोजना तथा स्थानीय संघ संस्थाहरुको आतिथ्यतामा न्युयोर्क सहरको Woodhaven manor caters & Banquet,96-01 Jamaica Avenue, Woodhaven मा हुन गइरहेको समता साँझ एवम् सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम सफल बनाउनका लागि आवश्यक सहयोग गरिदिनु हुन सबैलाई अनुरोधसमेत गरेका थिए। वरिष्ठ उपाध्यक्ष ढकालले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको बताए। 
 
कार्यक्रममा समता ग्लोबल सिनेटरहरुलाई समता शिक्षा निकेतनका संरक्षक द्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र संस्थापक उत्तम संजेलले सम्मान गर्ने भएका छन्। 
 
आयोजकका अनुसार समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल ‘समता साँझ’ का मुख्य आकर्षक रहने छन्। उनीहरुसँगै लोक दोहोरी गायक बिमल डाँगी, गायिका निसा सुनार र गायक मुकेश घिमिरेले गीत गाएर कार्यक्रममा सांगीतिक माहोल सिर्जना गर्ने छन् भने, नृत्यमा पारङ्गत कलाकारहरु गोबिन्द राई (नृत्य निर्देशक), लाक्पा डोल्मा लामा चेन र लोचना सुवेदी  र सुस्मिता पुरीले आआफ्नो खारिएको नृत्यकला पस्किएर साँगीतिक माहोललाई थप रौनक र मनोरञ्जनात्मक बनाउने भएका छन्। 
 
समता शिक्षा अभियानलाई सहयोग जुटाउने यस अभियानअन्तर्गत  नोभेम्बर ६मा सिकागो, नोभेम्बर ११मा कोलम्बस, नोभेम्बर १२मा पिट्स्बर्ग, नोभेम्बर १३मा बोस्टन, नोभेम्बर १८मा सेन्ट लुइस, नोभेम्बर १९ मा सान फ्रान्सिस्को, नोभेम्बर २०मा डालासमा र नोभेम्बर २३ मा बाल्टिमोरमा कार्यक्र सम्पन्न गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस:

1.7k
Shares