मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

फेडरल रिजर्भले ब्याजदर फेरी बढायो

फेडरल रिजर्भले ब्याजदर फेरी बढायो


शेयर गर्नुहोस:

945
Shares

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा ऋणमा कार, घर, व्यवसाय किन्दा वा क्रेडिट कार्ड चलाउंदा अझ महंगो पर्ने भएको छ । अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले वुधवार   शुन्य दशमलव ७५ प्रतिशतसम्मले व्याजदर वढाएको छ । यसलाई निकै ठुलो बृद्धि मानिएको छ । यो बृद्धिले सवैप्रकारका ऋण लिदां महंगो पर्ने छ ।

फेडरल रिजर्भले उपभोग्य वस्तुको महंगी नियन्ण गर्न भन्दा अहिले औषत ब्याजदर ३ दशमलव ७५ देखि ४ प्रतिशतसम्म राख्न खोजेको छ । यो फेडरल रिजर्भसंग आवश्यक पर्दा बैंक तथा वित्तिय संस्थाले लिने पैसामा तिर्नु पर्ने ब्याजदर हो ।

Advertisement
बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई ऋण दिदां यसमा थपेर ब्याजदर तय गर्छन । यो व्यक्ति र व्यवसाय अनुसार फरक पर्छ ।

यो परिवर्तनले घर, कार  किन्दा तिर्नु पर्ने ऋणको व्याज अर्थात किस्ता केडिट कार्डमा लाग्ने ब्याज सवै महंगो पर्ने हुन्छ । अहिलेनै घर किन्दा लाग्ने ब्याजदर औषतमा ७ प्रतिशत छ । यो एक बर्ष अघिको तुलनामा झण्डै दोब्बर हो । अहिलेनै घर किन्ने भन्दा विक्री हुने धेरै हुन थालेका छन् ।

अमेरिका विश्वमै ठुलो अर्थतन्त्र भएको देश हुदां फेडरल रिभर्जको व्याजदर वढाउने निर्णयले विश्वभर असर पार्छ । तुलनात्मक रुपमा सानो अर्थतन्त्र भएको नेपाल समेत प्रभावित हुने छ ।

अहिले अमेरिकामा महंगी दर उच्च छ । यही उच्च महंगीलाई नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर बृद्धि गरिरहेको हो ।

ब्याजदर बृद्धि भएको समाचार आए लगत्तै अमेरिकाको शेयर बजारमा गिरावट आएको थियो । क्रिप्टोकरेन्सीमा समेत गिरावट आएको छ ।

फेडरल रिजर्भको यो निर्णयले अर्थतन्त्रमा मन्दी आउन सक्ने संभावना अरु वढेर गएको छ । तर, केही बर्ष यता लगातार बढिरहेको घरको मूल्य के हुन्छ भन्ने स्पष्ट छैन । ब्याजदर बढेकाले केही महिना यता कयौं शहरमा घरको मूल्य घट्न थालेको थियो ।

ऋणमा घर कार, वा अन्य ऋण लिनु भन्दा केही समय पर्खिदा उपयुक्त हुने बजार विश्लेषकहरु वताउंछन् । 

शेयर गर्नुहोस:

945
Shares