मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्वाइट हाउसमा दिपावली कार्यक्रम

ह्वाइट हाउसमा दिपावली कार्यक्रम

शेयर गर्नुहोस:

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिंटन डिसी- केही वर्ष यता अमेरिकी राष्ट्रपतिहरुले आफ्नो सरकारी निवासमा दिपावली मनाउने परम्परा शुरु गरेकाछन्। तर यस पटक ह्वाइट हाउसले यो परम्पराको निरन्तरता मात्र गरेन, अलि विशेष तिरकाले दिपावली मनायो। दिपावली विशेष एक स्वागत समारोहको नै आयोजना गरेर यसपाली ह्वाइट हाउसले अमेरिकामा रहेका दक्षिण एसियालीहरुलाई खुसी दिएको छ। 
 
राष्ट्रपति जो बाइडनको उपस्थितिमा प्रथम महिला जिल बाइडनले दिपावली/दिवाली कार्यक्रममा उपस्थित हिन्दु समुदाय र दिपावली/ दिवाली मनाउने समुदायका प्रतिनिधी र उपराष्ट्रपति कमला ह्यारिसलाई विशेष स्वागत गरेकी थिइन्। 
 
भारतीय आमाकी सन्तान उपराष्ट्रपति कमला ह्यारिसले सानो छँदा आफ्नी आमासंग दिपावली मनाएको स्मरण सुनाएकी थिइन्। अमेरिकामा भारतीय तथा नेपाली समुदायको उपस्थिति उल्लेखनीय रहँदै आएको छ। 
 
अँध्यारोबाट उज्यालोतिर लैजाने चाडको रुपमा मनाइने झिलिमिली बत्तिहरुको पर्वमा ह्वाइट हाउसले औपचारिक कार्यक्रम गरेर दिपावली मनाउने भारतीय तथा नेपाली अमेरिकन समुदायमा थप खुसियाली प्रदान गरेको छ।