बिश्व घटना

डीएफडब्लु क्षेत्रमा होम हेल्थका लागि प्लिजेन्ट केयर होम हेल्थ

डीएफडब्लु क्षेत्रमा होम हेल्थका लागि प्लिजेन्ट केयर होम हेल्थ


शेयर गर्नुहोस:

5.7k
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) – टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्र (डीएफडब्लु क्षेत्र)मा घरमै वसेर स्वास्थ्य उपचार सेवा (होम हेल्थ) सेवा लिन सकिने भएको छ । नेपाली स्वास्थ्यकर्मीको सकृयतामा प्लिजेण्ट केयर होम हेल्थ एजेन्सी स्थापना गरिएको हो । घरमै गएर नर्सिगं, फिजिकल थेरापी, घाउको डे्रसिंग स्पिच थेरापी, स्वास्थ्य सम्वन्धि सरसफाई (होमहेल्थ एड), आइभी थेरापी लगायत सवै औषधी सम्वन्धि सेवा दिनका लागि एजेन्सी स्थापना गरिएको प्लिेजेण्ट केयरले जनाएको छ । 
 
यहाँको स्थानीय अस्पतालमा काम गरिरहँदा आफुले जानेको स्वास्थ्य सम्वन्धि कामको अनुभवका आधारमा आवश्यकता पर्नेलाई घरमै पुगेर सेवा दिन हामीले यो एजेन्सी स्थापना गरेका हौं प्लिजेन्ट होम हेल्थ कि नर्सिगं डाईरेक्टर शील्पा घिमिरेले बताईन् । विशेषगरी नेपाली, हिन्दी लगायतका भाषा बोल्ने समुदायलाई हाम्रो एजेन्सीवाट बढी फाइदा पुग्ने घिमिरेले भनिन् । 
 
जसलाई अस्पताल जान असुविधा छ, त्यस्ता विरामीलाई हामीले घरमै गएर नर्सिंग लगायत मेडिकल सेवा दिन्छौं घिमिरेले भनिन् त्यसकारण हामीले दिने सेवाका लागि अस्पताल गईरहनु पर्दैन ।  एजेन्सीले सवै प्रकारका इन्सुरेन्स स्विकार गर्ने जनाएको छ । हामीले मेडिकेड, मेडिकेयर र अन्य इन्सुरेन्सहरु पनि लिन्छौंं घिमिरेले भनिन् त्यसकारण विरामीले हाम्रो सेवा लिदां आफ्नो पकेटवाट तिर्नु पर्दैन् । 
 
हामीले यहांको अस्पतालमा नर्सिंग सेवा दिदैं आएका थियौ यही काम घरमै पुगेर दिँदं बिरामीलाई पनि सुविधा पुग्ने भयो त्यही भएर हामीले संस्थागत रुपमा सेवा दिन एजेन्सी खोलेका हौं नर्सिगं एडमिनस्टेटर मोनी सुवेदीले भनिन् । घिमिरे र सुवेदी दुवै जना स्थानीय अस्पतालमा पनि कार्यरत छन् । 

Link : https://www.pleasantcarehh.com/

Advertisement