अमेरिका समाचार

नेपाली जनसम्पर्क समिति नामक अर्को संस्था दर्ता

नेपाली जनसम्पर्क समिति नामक अर्को संस्था दर्ता


शेयर गर्नुहोस:

18.4k
Shares

  • change font
  • change font
  • change font

हिमालयखवर संवाददाता – अमेरिकामा राजनीति गतिविधि समेत संचालन गर्न पाउने गरी अर्को नेप्लिज पब्लिक रिलेशन कमिटी, अमेरिका (नेपाली जनसम्पर्क समिति, अमेरिका विधिवत दर्ता भएको छ । 
 
क्यालिफोर्निया राज्यमा जनवरी २० मा करमुक्त सामाजिक संस्था ५०१ (सी)(४)का रुपमा उक्त संस्था गठन भएको हो । 
 
जनसम्पर्क समितिले विदेशमा नेपाली कांग्रेसलाई प्रतिनिधित्व गर्छ । उक्त संस्थाका संस्थापकले पनि अमेरिकामा नेपाली कांग्रेसको विचारधारा अगाडी वढाउने गरी कृयाकलाप गर्न गठन भएको वताएका छन् । 
 
उक्त संस्थाको अध्यक्षमा सुवास घिमिरे र महासचिव क्रान्ति अर्याल भण्डारी रहेको सार्वजनिक गरिएको छ । यो संस्था प्रति नेपाली कांग्रेस पार्टीले कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 
 
अमेरिकामा नेपाली कांग्रेसलाई समर्थन गर्न जनसम्पर्क समितिमा विवाद भईरहेको वेला अर्को संस्था गठन भएको हो । जनसम्पर्क समितिले ७ बर्ष अघि अधिवेशन गरेको थियो । अहिलेको उक्त संस्थाका पदाधिकारीको वैधताका विषयमा प्रश्न उठिरहेको छ । उक्त संस्थाको हैषियत वैधानिक छ, छैन भन्ने विवाद पनि छ ।
 
केही महिना अघि पनि जनसम्पर्क समितिका नाममा नयां कार्यसमिति भन्दै सामाजिक संजालमा राखिएको थियो । 

Advertisement

शेयर गर्नुहोस:

18.4k
Shares