ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस (एनएसटी) को आइतबार भएको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी भएका छन् ।
सोमबार बिहान सबेरै प्रकाशित परिणाम अनुसार वाग्ले ११२० मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाए । निकै कडा प्रतिस्पर्धाबीच भएको चुनावको परिणाम सार्वजनिकको सुरुवाती चरणदेखिनै वाग्लेले अग्रता लिइरहेका थिए ।
आउँदो कार्यकाल २०२२/२३ का लागि अध्यक्षमा वाग्ले निर्वाचित भएका हुन् । टेक्ससको सरमन सिटी निवासी वाग्ले व्यबसायीक पृष्ठभूमिका हुन् । नेपालमा छँदा क्याम्पसमा अध्यापन गराउने वाग्लेले कोरोनाको समयमा नेपाली समाजको वरिष्ठ उपाध्यक्षको हैसियतमा गरेका कामहरु निकै परिणाममुखी देखिएका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा बिबेक कंडेल निर्वाचित भएका छन् । महासचिवमा संदेश उप्रेती निर्वाचित भएका छन् ।
कुल तीनहजार ९ सय ९१ मध्य ५१ प्रतिशत अर्थात दुईहजार ३४ मत खसेको थियो ।
प्रतिक्रिया