मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कवि बसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न

कवि बसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा कवि बसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।

अग्रज साहित्यकार तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रिय अध्यक्ष बसन्त श्रेष्ठको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो ।

Advertisement
२००१ सेक्टेम्बर ११ को घटनामा दिबंगत भएकाहरुको संझनामा १ मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा श्रेष्ठले ९ वटा कविता तथा मुक्तकहरु वचन गरेका थिए ।

बिसं २०१२ मा तेह्थुममा जन्मिएका कबि श्रेष्ठको भावनाका लहर , बसन्तका कविता, उज्यालो खोज्ने आवाजहरु जस्ता कविता संग्रह तथा धेरै लेख रचनाहरु प्रकाशन भैसकेका छन् । ब्रुमफिल स्थित जाईका रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टि उपाध्यक्ष पदम बिश्वकर्मा अनेसास कोलोराडो च्याप्टरका सल्लाहकार तथा अनेसास ट्रष्टि डा. बिजयराज शर्मा, च्याप्टर अध्यक्ष राजु सिटौला तथा कार्यसमिती सदस्य निर्मला अर्यालबाट संयुक्त रुपमा कवि तथा कार्यक्रमका प्रमुख श्रेष्ठलाई खादा, फुलका गुच्छा तथा मायांकाे चिनाे प्रदान गरि सम्मान गरेको थियो ।    

कार्यक्रममा प्रमुख अथिती श्रेष्ठले नेपालमा भन्दा प्रवासमा भाषा साहित्यि संरक्षणका कार्यक्रमको धेरै महत्व रहेको भन्दै , नेपाल र नेपालीलाई बिश्व सामु चिनाउने हाम्रो यहि भाषा र साहित्य रहेको धारण ब्यक्त गरे । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पुर्व केन्द्रिय अध्यक्ष तथा ट्रष्टि उपाध्यक्ष पदम बिश्वकर्मा तथा अनेसास केन्द्रिय सदस्य तथा निबर्तमान च्याप्टर अध्यक्ष तारा अधिकारीले श्रेष्ठको जिवनी तथा भाषा साहित्यको क्षेत्रमा उनको योगदान बारे प्रकास पारेका थिए ।

कार्यक्रममा च्याप्टरका पुर्व अध्यक्ष बरिष्ठ कलाकार तथा साहित्यकार कृष्ण्मुरारी ढुङ्गेल, साहित्यकार तथा कलाकार निर्मल प्याकुरेल लगायतका कवि कवयत्रीहरुको उपस्थिती रहेका थियो ।

च्याप्टरका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव किरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आफ्नाे देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा बिभिन्न साहित्यीक कार्यक्रमहरु हुदै आएको छ । 

शेयर गर्नुहोस:

621
Shares