मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कमा नेपाल डे मनाइदै

न्युयोर्कमा नेपाल डे मनाइदै


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- आप्रवासीको सहर न्युयोर्कमा नेपाल डे मनाइने भएको छ । मे २९ तारिख शनिवारका दिन मनाइने नेपाल डे मा नेपाली कला संस्कृति झल्कने र्याली भेषभुषा सहित विभिन्न झाँकीको प्रदर्शन गरिने कार्यक्रमका संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।  

न्युयोर्क सरकारले नेपालीहरुको अस्तित्व र पहिचानलाई सम्मान गर्दै नेप्लीज अमेरिकन हेरिटेज डेको रुपमा मे २९लाई घोषणा गरेको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा नेपाली कला संस्कृति तथा भेषभुषा झल्किने झाँकी सहित केही मनोरन्जनात्मक कार्यक्रमपनि गरिने जनाइएको छ । सो कार्यक्रममा न्युयोर्क स्थित विभिन्न नेपाली संघसस्थाहरुको सहभागिता रहनेछ । कार्यक्रमको सफलताको लागि सबैलाई सहभागिताको लागि आव्हानपनि गरिएको छ । 

Advertisement
यसै गरि न्युयोर्क स्थित महाबाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्य दूत बिष्णुप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै मे २९ लाई नेप्लिज अमेरिकन हेरिटेज डेको रुपमा मनाउने घोषणा गरेकोमा न्युयोर्क सरकारलाई धन्यवाद दिएका छन भने फिप्नाको अगुवाइमा हुन लागेको नेपालीहरुको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन । 

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रम मध्यान्ह साढे १२ बजे शुरु हुनेछ । कार्यक्रम हुने स्थान मुर होमस्टेट प्लेग्राउण्ड, ब्रोड वे ४५ एभेन्यु ८२ स्ट्रीट, क्वीन्स, ११३७३ तोकिएको छ ।
 

शेयर गर्नुहोस:

486
Shares