मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १४५ जनाको निधन

आइतबार थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १४५ जनाको निधन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा आइतबार थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा  १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप १४५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ५००१ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ६६४८ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७४.७० प्रतिशत अर्थात् तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । आइतबारसम्म देशभर एक लाख १० हजार २६३ सक्रिय सङ्क्रमित रहेका छन् भने कुल संक्रमितको संख्या चार लाख ५५ हजार २० पुगेको छ । 
 
तीमध्ये एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा र ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ७०१ जना रहेका छन् । 

शेयर गर्नुहोस:

0
Shares