मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाबाट बिदेशमा बस्ने नेपालीको मर्म बोकेको दशै तिहार गीतको भिडीयो सार्वजनिक

अमेरिकाबाट बिदेशमा बस्ने नेपालीको मर्म बोकेको दशै तिहार गीतको भिडीयो सार्वजनिक


शेयर गर्नुहोस:

1.4k
Shares

  • change font
  • change font
  • change font

अमेरिकाबाट बिदेशमा बस्ने नेपालीको मर्म बोकेको दशै तिहार गीतको भिडीयो सार्वजनिक भएको छ । अमेरीकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा वेलडन क्रिएशनले बोस्टनको श्री ईन्टरनेशनलको लागी बिदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर दशै तिहार गीतको भिडीयो आजबाट सार्वजनिक भएको छ।

यस गीतका रचनाकार चीनमा बस्ने एनआरएन तथा ब्यापारी नबिन बिक हुन । बाल्टीमोरको वेलडन क्रिएशन डाईरेक्टर शंकर घिमेरे र नायिका रिचा घिमिरेले संयुक्त रुपमा संचालन गरेका हुन।

Advertisement

यस कम्पनि मार्फत नायिका रिचा घिमिरे बिदेशमा बस्ने सफल महिलाहरुको सफलता र संघर्षको बारेमा पोडकास्टमा रेडीयो कार्यक्रम ” ईनकमर” चलाउछिन।

निर्देशक शंकर घिमिरेले निर्देशन गरेको उक्त दशै गीतमा नेपाली सिनेक्षेत्र तथा संगीत क्षेत्रका हस्तीहरुले संयुक्त रुपमा अभिनय गरेका छन। यो गीतको छायांकन ९०% अमेरीकाक़ो बाल्टिमोरमा गरीएको हो । सम्भवत धेरै कलाकारलाई एकसाथ लिएर विदेशमा छायांकन गरीएको पहिलो हो ।

यस भिडियोमा प्रेमराजा महत,भगवान भन्डारी, राजु लामा,सुधांशु जोशी, रिचा घिमिरे, पुजा चन्द, सारंगा श्रेष्ठ, नवीन बिक ,निर्मला भण्डारी,बाबूराम ढ़काल, प्रतिछा ढ़काल, श्रीप्रकाश लामिछाने,लोकेंद्र गुरुंग,हरी गैरे लगाएतका अन्य कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति दिएका छन।

यस गीतलाई बरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत दिएका छन भने राज सिग्देल र समिक्षा अधिकारीले स्वर दिएका छन ।

छायाकार बिक्रांत मान श्रेष्ठ ,नृत्य नवीन केसी लुना श्रेष्ठ ले दिएका छन् । नेपालमा किशोर चौधरी ,शृंगार अप्सरा बिबिध कारणले कलाकारिताको क्षेत्रमा लामो बिश्राम लिए पनि आफ्नो मन सधै कलाकारिताकै क्षेत्रमै भएको कुरा निर्देशक शंकर घिमिरे घिमेरेले बताए।

यो कोभिड-१९ को बेलामा पनि सक्ने सुरक्षित बिधि अपनाई छायांकन गरीएको छ।

बिदेशमा बस्ने नेपालीको मर्म बोकेको गीत सार्है मन परेको र आफ्नो गीत बाहेक अरुको गीतमा पहिलो चोटी आफुले अभिनय गरेको बरिष्ठ गायककार  प्रेमराजा महतले बताए । यो गीत को छायांकन नेपालको चितवनमा पनि भएको छ । 

 

शेयर गर्नुहोस:

1.4k
Shares