बिश्व घटना

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५५ लाख नजिक

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५५ लाख नजिक


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५५ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड ५४ लाख ५४ हजार ६९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर आठ लाख ५१ हजार ६८३ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ६२ हजार १३१ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 

Advertisement

विश्वभरमा हाल ६८ लाख ४० हजार ६७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६१ लाख ८० हजार ४७१ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८७ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ६२ लाख ४६ हजार ७३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ २ लाख १ हजार २५० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ७३ लाख १९ हजार ७५५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ७० हजार ६७६ जनाको मृत्यु भएको छ ।

युरोपमा ३५ लाख ६८ हजार ९७७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ७ हजार ५८९ जनाको मृत्यु भएको छ । एसियामा ७० लाख ३९ हजार २१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ४१ हजार ८२६ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा १२ लाख ५१ हजार २७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ६४६ जनाको मृत्यु भएको छ । ओसियानामा २८ हजार ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६८१ जनाको मृत्यु भएको छ । एएफपी