किभ । युक्रेनको जापोरिझिया शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । जापोरिझ्झिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले टेलिग्राममा भने, शत्रुले जापोरिझ्झियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलेमा रकेट आक्रमण गरेका छन्। युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर…