काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसिसी)को अगुवाइमा मङ्गलबारसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका सात हजार ८२२ नेपाली आप्रवासी कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पछिल्ला वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने…