उपचार खर्च आफैँ बेहोर्ने राष्ट्रपति पौडेलको चाहना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको सम्पूर्ण खर्च स्वयंले नै बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा लागेको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको उल्लेख गरिएको छ । “राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा…