दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन आग्रह गरेका छन् । भानुभक्त आचार्यको दुई सय दशौँ जन्मजयन्तीको अवसरमा आज तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाबेसीस्थित भानुभक्त जन्मस्थल विकास समिति र भानु नगरपालिकाद्वारा संयुक्त आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सुस्तगतिमा भइरहेको कामलाई तीव्र पार्न समिति प्रदेशमा आउनुपर्ने बताए ।…