मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना , तुलसी र एउटा फरक अनुभव

कोरोना , तुलसी र एउटा फरक अनुभव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हजुरबुबाको तुलसी मोह सानैदेखि देख्दै आएकी थिएँ । उहाँलाई अनिवार्य आँगनमा मठ चाहिन्थ्यो। उहाँको जीवनकालमा मैले थाहा पाएसम्म चार  पटक घरहरु फेरिए तर तुलसीको मठ आँगनमा राख्ने हठ भने टसका मस भएन । अन्त्यमा मेरो आँखा अगाडि तुलसीकै मठमा देह त्याग गर्नुभयो उहाँले ।
 
तुलसीको जल पिउन र पूजा गर्न सिकाउनु हुन्थ्यो आमा । उहाँको भक्ति भाव सम्झेर म अहिले पनि आनन्दित हुन्छु । यसरी नै परिवारको श्रद्धासँग मिसिएर तुलसीप्रति मेरो लगाव बढेको थियो ।
 
सात समुन्द्र पारी परिवारको आस्था आत्मसात गर्दै घर आँगनमा मैले पनि जब तुलसी रोपें , पुलकित भएँ । यी दिनहरुमा रोमाञ्चकारी तवरले अलीअली गर्दै तुलसीको विशेष गुणहरुसँग साक्षत्कार हुँदै गइरहेकी छु ।
 
हाम्रो हिन्दू धर्म संस्कृति र परम्पराले तुलसीको गुण यसै गाएको हैन । बहुउपयोगी तुलसीलाई मेरो सदा सर्वदा सत सत नमन ।
 
आँगनको छेउमा वा गमलामै पनि तुलसी फुलाउन सकिन्छ । अहिले त सीजन छ , हरियो पत्ता उपलब्ध हुन सहज होला । तर हिउँदमा खाँचो पर्न सक्छ । जोसँग जहाँ जति छ , कृपया सुकाएर संगालेर राखे राम्रो हुन्थ्यो । यो महामारीमा कोरोनाका बिरामीलाई विशेष आवश्यकता पर्न सक्छ ।
 
तुलसी पानीको बाफ लिनु अत्यन्त लाभदायी हुने रहेछ । कोरोना संक्रमणको चपेटामा परेको बेला , कमजोर भइ जिउ गलेको बेला कसरी तुलसी हामी दुबै बुढाबुढीलाई संजीवनी सावित भयो मेरो अनुभव भिडियोमा प्रत्यक्ष हेर्नुहोस ।