मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कलामा राज गरेका राजु

कलामा राज गरेका राजु


नाम सँगै पैसा कमाएर जीवन निर्वाह गरौला भनेर कदापि सोचेको थिएनन उनले , चित्रहरू कोर्दे गए कहिले रामै्र हुन्थे त कहिले नराम्रो तर उनी हतोसाही कदापि बनेन । जीवन हो सिक्दै गएपछि एक दिन त अवश्य सफलता मिल्छ भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दे राजु लामिछानेले अमेरिकासम्म आफ्नो कला फैलाउन त्यही मेहनत र लगावले सफल बनाएरै छोड्यो ।

राजु लामिछानेका चित्रहरू त्यसै अमेरिकनहरूले मन पराएक पनि हैनन उनी जस्तै चित्र बनाउने हरूको पनि कमी छैन अमेरिकामा तर उनले भने कहीँ फरक एवं पृथक् खालका चित्रहरू बनाएका कारण पनि उनी अमेरिकी माझ नोटिस हुन पुग्ये ।

जीवनको रङ्गहरू जसरी परिवर्तन हुँदै छन् त्यसरी नै देश काल परिस्थिति अनुसार राजु लामिछानेले पनि आफ्नो कला लाई त्यही अनुसार परिवर्तन गर्दै लगेका कारण पनि समय सँगै हिँड्न सहज भएको छ ।

सुरुको अवस्थामा त विभिन्न मेलाहरूमा आफ्ना चित्रहरूको पसल राख्दै गए । हप्ता महिना काटे पछि त एक कान दोकान हुँदै मिनेसोटा का अमेरिकी माझ राम्रै बजार लिन थाल्यो उनका चित्रहरूले ,त्यसपछिका दिनमा उनले चित्रहरू म बनाउँछु भन्दै हिडन् पनि परेनन ।

नेपालमा हुँदा मठ मन्दिर नेपालीहरूका रहन सहन का चित्रहरू बनाउँदै गरेका राजुले अमेरिका आए पछि चित्रहरू बनाउने स्वरूप नै परिवर्तन गरे । अमेरिका आएपछि कुकुर, बिरालो लगायत चराचुरुङ्गी बनाउन थाले भने रंगिन विज्ञापनका पत्रिका जो घरमा आइरहन्छन् र फालिन्छ तिनै कागजबाट अनौठो तबरबाट विभिन्न चराचुरुङ्गी लगाएतक चित्रहरू बनेन थाल्यो । यसरी फालिएका पत्रिकाबाट चित्र बनाउने नयाँ र नितान्त फरक कसैले नगरेको काम उनले गर्ने थालेपछि उनलाई अगाडी बढन् सहज बताबरण बन्यो । यस्ता चित्रहरूमा कुनै पनि रङ्ग प्रयोग गर्दैनन यसले गर्दा टिकाउन पनि हुने गर्दछ । उनले नेपालका चित्रहरू भने नबनाउने भने होइन उनले ग्राहकले चाहेमा जस्तोसुकै बनाउन सक्ने कला छ उनीमा ।

बि स २०५१ सालमा चित्रकलामा स्नातक सकेपछि विभिन्न विज्ञापन एजेन्सीमा डिजाइनरको काम गरे भने करिब दुई सय भन्दा बढी पुस्तकमा चित्रहरू बनाएका राजु लामिछानेले विभिन्न एनजियो आईएनजिओहरु लगायत विभिन्न परियोजनामा पोष्टर , तालिमका साम्रागी , सघं संस्था तथा कम्पनीहरूको लोगो डिजाइन बनाएकौ कारण पनि उनको त्यो प्रतिभालाई खारिदै विदेशी सामु पस्कने मौका मिल्यो । नेपालमा हुँदा उनले केही वर्ष केही साप्ताहिक पत्रिकामा समेत काटुर्न बनाएका थिए ।

कास्कीको माझठाना बाट खारिदै अमेरिकासम्म आएका राजु लामिछानेको प्रतिभा आफूमा मात्र सीमित छैनन् उनलाई आफू बसोबास गर्ने सिटी मिनेसोटाका विभिन्न सघं संस्था, चर्च ,स्कुलहरूबाट सिकाउनका लागी अनुरोध आउने गर्छ र त्यही अनुसार समय मिलाएर जाने गर्छन् । हुन त उनले तेल र पानी रङ्गको प्रयोग नर्गने होइनन त्यसमा पनि जुसका ग्यालेन , पत्रपत्रिकार विज्ञापनका टुक्रा जोडेर , रुखका पातहरू काटेर , प्याज, लसुनका भुत्लाबाट लगायत ग्राहकको चाहाना अनुसार नै बनाउने गर्छन् । उनका चित्रहरू मिनेसोटाका केही आर्ट ग्यालेरीहरु केही फुल पसलहरू र रेस्टुरेन्टमा समेत किन्न पाइन्छ ।

मिनेसोटाका दर्जोनौ मिडियाबाट समेत उनको कार्यलाई लिएर राम्रो स्थान पनि दिएको पाइन्छ । उनको आफ्नो बेभसाईट www.dogreenart.com मार्फत पनि ग्राहकले विभिन्न जानकारी पाँउन सक्छन् ।

बिशेषगरी उनले बनाएका चित्रहरूको मूल्य ५० डलर देखी १२ सय सम्म छन् । हिजो आज उनलाई बनलाईन मार्फत अडर आउँछ त्यही अनुसार उनले बनाएर पठाउने गरेका छन् ।

सुरुका दिनहरूमा तपाइ चित्रकलामा लाग्दा घरपरिवारले के भन्ने गर्दथे ?

विशेष गरी हाम्रो परिवारहरूमा कोही पनि आर्टीस थिएन त्यसले गर्दा कसैले देख्ने र बुझ्ने मौका नै पाइन । पछि मैले बनाउँदै जाँदा घर परिवारले थाहा पाउँदै गए । यसरी चित्रहरू बनाउँदा जिविको पार्जन हुन्छ र ? भन्थे तर विस्तार विस्तार बनाउँदै जाँदा आज यो स्थान सम्म आउन सफल भइयो ।



तपाइ कसरी यो क्षेत्रमा आउनु भयो ?

पैसा कमाउने र ठुलो मान्छे बन्ने किसिमले म यो आर्ट क्षेत्रमा लागेको होइन । चित्र कोर्दा मलाई आत्म सन्तुष्टी हुन्थ्र्यो त्यसैले गर्दा म यो क्षेत्रमा आए ।

तपाइले यो क्षेत्रमा तालिम लिनु भन्दा पनि आपैm सिक्नु भयो होइन ?

सुरुमा रहर चाही म आफैमा भयो पछि थेउरीकल चाही कलेजमा सिकियो र प्रकटिक्स गरियो । काम गर्दै जाँदा कलेजमा भन्दा नि आफै धेरै जानियो । जे होस कलेजले बाटो देखाइदियो अरू काम गर्दै जाँदा जानियो ।

आर्ट गर्दा नेपालमा कस्ता कस्ता खालका चित्रहरू बनाउने गर्नुहुन्थ्यो र अमेरिकामा कस्ता कस्ता चित्रहरू बनाउने गर्नुहुन्छ ?

नेपालमा पनि विषेशगरी हामी कलाकारहरूको लक्षित ग्राहक चाही विदेशीहरू नै हुन्थे र उनीहरू नेपाल घुम्दा त्यहाँ देखेका प्राकृतिक दृश्यहरूका चित्रहरू लगायत नेपालीहरूका रहन सहन जस्तै डोको बोकेको,हलो जोतेको जस्ता चित्रहरू उनीहरूले लाने गर्दथे । जस्तो हामी नेपालमा मनकामना मन्दिर जाँदा मनकामनाको चिनो किन्ने गर्दथ्यौ नि त्यस्तै विदेशीहरूले पनि नेपालमा आफूले देखेका चिजहरूको चित्रहरू लैजाने गर्दथे । तर यहाँ अमेरिकामा नेपालको यो चिज हो भनेर बुझाउन सकिँदैन किनकि उनीहरू नेपाल गएर देखेका हुँदैनन् त्यसैले यहाँका दृश्यहरूका चित्रहरू जस्तो म अहिले मिनेसोटामा ा छु र यहाँको नै चिनो बनाउनु पर्ने रहेछ । त्यसैले मैले मिनेसोटाका चित्रहरू बनाएर बेच्ने गर्दछु ।



अहिले तपाईँले कस्ता चित्रहरू बढी बनाउनुहुन्छ ?

अहिले म बसेको ठाउँका मानिसहरूले कुकुर, बिरालोहरूको बढी किन्ने गरेका छन् । उनीहरूले कसैलाई उपाहार दिनलाई र आफ्नो परिवारमा छोरा,छोरीहरू छुट्रै बस्छन भने उसको जन्म दिनमा बाबा आमाले उसलाई थाहै नदिकन उसको कुकुरको फोटो खिचेर ल्याउछन र त्यसको चित्र उसको जन्म दिनमा उपहार दिने गर्दछन् । कसैको घरमा मैले बनाएको चित्र देखे पछि भने कहाँ बनाएको भन्छन् र मैले बनाएको चित्र मन पराएर म भएको ठाउँमा आउँछन् ।



तपाइले विभिन्न खाले चित्रहरू बनाउनुहुन्छ तर तपाईँलाई कस्तो खालको चित्र वनाउदा बढी आनन्द लाग्छ ?

मलाई बढी चराचुरुङ्गी, जनावरहरू र प्रकृति सम्बन्धी चित्रहरू वनाउदा बढी आनन्द लाग्छ ।

तपाइको जीवनमा आर्ट गर्दा सबैभन्दा रमाइलो क्षण सम्झनुभएको छ ?

मैले बनाएको आर्ट मन पराएर ऋण खोजेर भए पनि कुनै व्यक्त्तीले किन्छ भने त्यो मेरो लागी बढी आनन्दको क्षण हुन्छ ।

तपाइले बनाएका आर्टहरु कति मूल्य देखी कति सम्म बेच्नुहुन्छ ?

मैले बनाएका आर्टहरुलाई ५० देखी १२ सय डलर सम्म बेचेको छु ।

नेपाल र अमेरिकामा कस्ता कस्ता खालका ग्राहकहरू हुने गर्दछन् ?

नेपालमा आर्टहरुको धेरै महत्त्व नभए पनि यहाँ विदेशमा निकै महत्त्व हुने गरेको छ । नेपालमा कुनै देवी देवताहरूको आर्ट बनाइयो भने पनि आँहा कति राम्रो मात्र भनिन्छ तर त्यसको महत्त्व हुँदैन । नेपालमा आर्ट किने पनि त्यसलाई जतन गरेर राख्ने चलन छैन ।

यहाँ अमेरिकामा आर्टीष्टहरुको बारेमा गुगलमा सर्च गरेर बुजीन्छ र आर्टहरु किन्ने गरिन्छ । यहाँका मानिसहरूले सजाउन भन्दा नि लगानीको हिसाबले आर्टहरु किन्ने गर्दछन् । हामीले जस्तो गर गहना किने जस्तो मैले अहिले यो किने भने मेरो छोरा नातिको पालामा यतीमा सम्म बेच्न सक्छु भन्ने किसिमले किन्छन् । यहाँ आर्टहरुको पनि ईन्सुरेन्स गरेर राखिन्छ । र आर्टीष्टको बारेमा पुरा विवरण आर्टको पछाडि लेखेर दिनु पर्ने हुन्छ आर्ट जति पुरानो भयो त्यति त्यसको महत्त्व बढी हुने गर्दछ । यहाँ कोही ब्रोकरहरु पनि हुन्छन् यहाँ म सँग किनेर लाने र बाहिर नाफा खाएर बेच्ने पनि हुन्छन् । त्यसको लागी पनि सम्वधिन्त आर्टीष्टको बारेमा यहाँको पत्रपत्रिका तथा मिडियामा समाचार आयो भने अझ राम्रो मानिने गर्दछ । किनकि सम्वधिन्त आर्टीष्टको बारेमा जानकारी होस भन्ने चाहन्छन् ।



तपाईँलाई यो पेसा गरेर यहाँ कतिको आम्दानी भएको छ ?

मेरो सुरुवातको समयमा त्यति थिएन । पछि म मार्केटमा जान थाले मेरो योे जागिर बाहेक व्यक्तिगत काम भएको हुँदा आर्टीष्ट कामलाई यहाँको घरेलु उद्योगमा पनि दर्ता गरे । यहाँ हुने आर्ट प्रर्दशनीहरुमा पनि आफूलाई मन पर्ने चित्रहरू प्रदर्शनी गर्न थाले । म अमेरिका आएको १०,१२ वर्षसम्म मेरो श्रीमतीले काम नै गरीनन हामी यही पेसा वाट धानियौ जेहोस म यो पेसा वाट सन्तुष्ट रहेको छु ।

तपाइले मिनेसोटा सिटीको प्रकृति चराचुरुङ्गी बाहेक नेपालको पनि विभिन्न चित्रहरू बनाएर बेच्नुहुन्छ ?

विशेष गरी नेपाल गएर आएकाहरुले नेपालको हिमाल नेपालका मठ मन्दिरहरूको चित्र बनाइदिन आग्रह गर्दछन् भने कति मान्छेहरू नेपालमा सानैमा एडप्ट भएर आएका हुन्छन् उनीहरू तीस चालिस वर्षको भइसकेपछि उनीहरूलाई नेपालबाट एडप्ट गरेर ल्याएको भनेर बाबा आमाले भने पछि उनीहरूले नेपालको बारेमा यस्तो खाले चित्र बनाइदेऊ भन्छन् ।

जेहोस म जहाँ जान्छु नेपाल सगँसगै गइरहेको हुन्छु यसमा नेपालको पर्यटन विकासमा पनि टेवा पुगेको छ ।

यहाँ कस्ता खालका व्यक्तिहरूले आर्ट किन्ने गर्दछन् ?

अमेरिकामा दुई थरी ग्राहकहरू हुने गर्दछन् । एक थरी साठी, सत्तरी वर्षका मानिसहरू जो सँग पैसा पनि छ उनीहरूको विचारमा जीवनमा धेरै गरियो अव मैले यो आर्ट किने बापत आर्टिष्टलाई पनि केही होस र मेरो घरको भित्तो पनि सिगारीहोस मैले गरेको लगानी पनि पछि आहोस भन्ने किसिमले राम्रो आर्टहरु १००० देखी १२०० सय डलर सम्मका किन्ने गरेका हुन्छन् भने एक थरी आफ्नो साथीलाई मर्ने चित्र बनाउन आग्रह गर्दछ र उसको जन्म दिनमा दिने गर्दछन् जसको मूल्य ३०,४०, ५० डलर सम्मका हुने गर्दछन् ।

आर्ट बनाउँदा कस्तो रङ्ग प्रयोग गरिन्छ ?

हामीसँग जस्तो रङ्ग छ त्यस्तै रङ्ग ल्याएर कागजमा गम लगाएर टासेर मैले काम गरेको छु । म कुनै रङ्ग कुन केमिकलहरू प्रयोग गर्दिन । मैले पत्रिकामा जे देख्छु त्यसैलाई.चित्रको आकार दिन्छु

त्यो कतिको टिकाऊ हुन्छ ?

पानी रङ्ग, तेल रङ्ग पेन्सीलले बनाउने धेरैले देखेका थिए तर मैले पत्रिकाको जुन विज्ञापनहरू आउँछ त्यसलाई काटेर गम लाउँदै त्यसलाई चित्र बनाउने काम गरेको छु त्यो काम कमैले गरेका छन् । यसमा मैले कुनै पनि रङ्ग प्रयोग गर्दिन र यो टिकाऊ पनि हुने गर्दछ । 

अमेरिकामा तपाईँले चित्र बनाउँदै गर्दा सम्झना लायक कुनै घटना छ की ?

मैले पत्रिकाहरूको बाहेक केही अचम्म अचम्म खालका चित्रहरू पनि बनाउने गर्दछु । म सलाईका काटीहरु जोडेर मान्छे नाचे जस्तो बनाउने लगायत विभिन्न खाले चित्रहरू बनाउने गर्छु । यस्तैमा म नेपालबाट आउँदा पिपलका पातहरू पनि लिएर आउने गर्दथ्ये र पिपलको पात काटेर मैले पेपर टासेर गणेश भगवान् जस्तो बनाएको थिए । कोही मानिसले त्यसलाई हात्ती जस्तो पनि भन्थे । त्यसलाई फ्रेममा पनि राखेको थिइन । पसलमा म मेरो श्रीमती थियौ । पसलमा एक जना अमेरिकन नागरिक आएर यसको मूल्य कति हो ? भन्यो मैले ओन्ली सेभेन डलर भने त्यो समयमा पसलमा अन्य ग्राहक पनि थिए म अरू ग्राहक सँग विजी रहे उसले त्यो एउटा कागजमा टासेको एउटा पिपलको पातलाई उसले २७ डलरको चेक बनाएर गएछ । मलाई डर लाग्यो एउटा पिपलको पातको २७ डलर ! अनि म दौडेर गए उ पार्किङ स्थलमा रहेछ मैले उसलाई भने मैले सेभेन डलर मात्र भनेको हु तपाईँले २७ डलर दिनु भएछ भने उसले अचम्म मान्दै भन्यो तिम्रो यो आर्टको मूल्य २७ डलर भन्दा पनि धेरै छ त्यसैले मैले तीरे त्यसैले तिमी खुसी हौ भन्यो । उसले यो आर्टलाई २७ डलरमा मात्र नबेच त्यो मूल्य भन्दा बढी मूल्यमा बिक्री गर भन्यो । र अहिले त्यो एउटा पिपलको पात गणेष्श भगवान् जस्तो बनाएर ४७ डलरमा बेच्छु । मान्छेहरूले किनिराखेका हुन्छन् । आर्टको कुनै पनि मूल्य नहुँदो रहेछ ।