अन्तर्वार्ता

‘सबै साथीहरुले मलार्इ ‘कन्भिन्स’ गराउन सक्नु भयो भने म पदमा बसिराख्नुपर्छ भन्ने छैन’ – डा. केशव पौडेल

‘सबै साथीहरुले मलार्इ ‘कन्भिन्स’ गराउन सक्नु भयो भने म पदमा बसिराख्नुपर्छ भन्ने छैन’ – डा. केशव पौडेल


एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षका एकजना उमेदवार डा केशव पौडेलले, सर्बसम्मत नेतृत्व चयन गर्न आफुले पहल गरिरहेको बताएका छन । 
 
शुक्रबार साँझ ड्यालसमा हिमालय खबरसँग विशेष कुराकानी गर्दै एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष समेत रहेका डा पौडेलले साथीहरुले कुनै कारण दिएर डा. केशव पौडेलले भन्दा बढी योगदान दिनसक्छु, बढी समय र स्रोत दिनसक्छु  भनेर विश्वास दिलाउन सक्नुभयो भने आफ्नो  तर्फबाट कुनै बाधा व्यवधान नआउने पनि बताएका छन  । 
 
डा पौडेलकै  शब्दमा–‘सबै साथीहरुले मलाइ ‘कन्भिन्स’गराउन सक्नु भयो भने म पदमा बसिराख्नुपर्छ भन्ने अनीवार्यता छैन ।’ प्रस्तुत छ अध्यक्ष पौडेलसँग  गरिएको कुराकानीको सार संक्षेप– 
 
तपाइँको चुनाबी अभियान कस्तो छ ? 
 
–अत्यन्त राम्रो ।  दुइ चार दिन अगाडी सम्म पनि एनआरएन अमेरिकाका सदस्यहरुले एनआरन अमेरिकाले अहिलेसम्म राम्रो काम गरेन, किन फेरि उही नेतृत्वलाइ दोहोरयाउने भनेर प्रश्न सोधिरहनु भएको थियो । अहिले यो प्रश्न सोध्न छोडनु भएको छ । यो बिचमा हामीले के के काम ग¥यौँ भनेर २५ बुँदे प्रगती विवरण पनि निकाल्यौं । र, मान्छेहरुका बिचमा म पनि पुग्न थालेँ । अब साथीहरुले के के काम भएको रहेछ र मैले किन दोहोरयाउनुपर्ने रहेछ भन्ने बुझनुभयो । अहिले एनआरएन अमेरिकाका साथीहरुले डा केशब पौडेलले नै अर्को एक कार्यकाल दोहो¥याउनु पर्ने रहेछ भन्ने बुझनुभएको छ । बिस्तारै माहौल केशब पौडेलले नै दोहोरयाउनुपर्छ भन्ने पक्षमा बन्दै गएकोले म उत्साहित छु  ।  
 
सकेसम्म बिभाजित  नदेखियोस, एनआरएन अमेरिका मिलेर जाओस भन्ने धेरैको चाहना छ । यसतर्फ कस्तो पहल भैरहेको छ ? 
मैले त पहल गरिरहेको छु । बाँकी चारैजना अध्यक्षका उमेदवारहरुसँग निरन्तर सम्पर्कमा छु । अहिलेपनि म आशावादी छु कि उचीत समयमा सबैसाथीहरु सहमत भएर सर्वसम्मत एउटा मात्र उमेदवार रहन्छ । एनआरएन अमेरिकाको इतिहासमा चुनाब नभैकन सर्वसम्मत भएको उदाहरण बन्छ भन्नेमा म आशावादी छु । 
 
यसतर्फ कुनै खास प्रगती भैरहेको छ ?
एकदमै सकरात्मक दिशामा गैरहेको छ । धेरै साथीहरु ‘हुन्छ’ भन्ने अवस्थामा पुगिसक्नु भएको छ । तर कहाँनेर गएर त्यो समय आउँछ र सबै मिल्छ भन्ने कुरा अहिले  नै थाहा छैन । तर त्यो दिशामा हामी लागेको छौं । 
 
यसमा अध्यक्षका अरु प्रत्यासीहरुबाट कस्तो ‘रेस्पोन्स’ पाउनु भएको छ ?
एकदम सकारात्मक । उहाँहरुले के भन्नु भएको छ भने–फलानो मान्छेले सहमति ग¥यो भने तपाँइलाई मैलेपनि यो यो कारणले छोडन सक्छु । एकचोटी अध्यक्ष भैसकेको मान्छे सकेसम्म तपाई नउठ्दा राम्रो हुन्थ्यो, तपाँइले उठने इच्छा देखाइसकेपछि फलानो मान्छेले छोड्यो भने म बाधक बन्दिन भन्नु भएको छ साथीहरुले । 
 
सर्वसम्मत र मिल्ने कुरा गर्दा तपाँइका हकमा अरुले छोडदिने कि अरु कसैका हकमा तपाँइलेपनि छोडने हो ? 
मैले त के भनेको छु भने साथीहरुले कुनै कारण दिएर केशब पौडेलले भन्दा बढी योगदान दिन सक्छु, केशब पौडेलले दिएको भन्दा बढी समय दिन सक्छु, स्रोत दिन सक्छु भनेर  बिश्वास दिलाउन सक्नुभयो भने मेरो तर्फबाट कुनै बाधा व्यवधान आउँदैन ।  तर अहिलेको परिस्थती त्यस्तो देखिएको छैन । जो साथीहरु उठनु भएको छ, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मैसँग काम गर्नु भएका साथीहरु हुनुहुन्छ । उहाँहरुलाइ मसँग बसेर काम गर्न कुनै अप्ठेरो  छैन । सबै मिलेर आउनु भयो भने एनआरएन अमेरिकालाइ अझ बलियो र एकताबद्ध बनाउन सकिन्छ भनेर मैले साथीहरुलाइ सम्झाउने कोशिस गरिरहेको छु । सबै साथीहरुले मलाइ ‘कन्भिन्स’ गराउन सक्नु भयो भने म पदमा बसिराख्नुपर्छ भन्ने अनिवार्यता छैन । 
 
नेपालको राजनीतीको प्रभाव र  चलखेल एनआरएन अमेरिकाको निर्वाचनमा पनि छ  भनिन्छ । तपाँइ के भन्नुहुन्छ ? 
एकदमै राम्रो कुरा गर्नुभयो । हामी नेपाली स्वभावैले अत्यन्तै धेरै राजनैतीक रुपले सक्रिय छौं । नेपालमा भोट हाल्ने लगभग ७०÷८० प्रतीशत मान्छे कुन पार्टी, कता, कसरी भन्ने कुरामा बिज्ञ छन । त्यही ‘कल्चर’ हामीले यहाँपनि भित्रयाएका छौं । कुनै न कुनै राजनीतिक दल वा बिचारप्रती झुकाव राख्ने त भैहाल्छ । यसमा पनि सबैले कहाँबाट आफनो फाइदा हुन्छ । आफनो परिवारकोे आफनो बिचारको र आफनो गुटको फाइदा हुन्छ भनेर हेर्नु स्वाभावीक हो–निर्वाचन प्रक्रियामा । र, यही हिसाबले अभ्यास गर्नु स्वभाविक हो ।  तर यसो भन्दै गर्दा म के आश्वस्त पार्न चहान्छु भने नेपालमा भएको राजनीतीका आधारमा कसैले कसैलाइ उठाउने, कसैले कसैलाइ हराउन खोज्ने अथवा मिलाउन खोज्ने कुरा भएको जस्तो मलाइ लाग्दैन ।
 
तपाँइले कुनै ‘राजनीतीक लाइन’ खोज्नु भएको छ ? 
मलाइ कसैले भनेको पनि छैन । मैले त्यस्तो अनुभव पनि गरेको छैन ।  पत्र–पत्रिकामा निकाल्ने र मनोबैज्ञानिक असर पार्न खोज्ने कामहरु भएका छन । तर वास्तविक रुपमा त्यो भएको जस्तो लाग्दैन । 
 
अब त निर्वाचन, निर्धारित मिती अगष्ट ११–१२ मा नै हुन्छ नि ?  
हुन्छ । अब रोकिने कुनै संभावना छैन ।

शेयर गर्नुहोस:

0
Shares