हिमालय खबर संबाददाता –
टेक्सस (अमेरिका) २२ मे २०१६, आईतबार I शिक्षा समाज सुधारको कडि हो । भनिन्छ यदि कुनै पनि समाजलाई भत्काउनु छ भने पहिले त्यस समाजको मूल्य र मान्यताका धरोहर समाप्त गरे पुग्छ । समाजमा रहेका मूल्य र मान्यताहरू हाम्रो भाषा, धर्म र संस्कारबाट प्राप्त हुन्छन् भने पुस्तौ सम्म हस्तान्तरण गर्ने माध्यमको रूपमा शिक्षालाई लिने गरिन्छ । साथै भाषा र साहित्य त्यो हतियार जसले समाजको पहिचान गराउने काम गर्छ ।
चाण्यक्यको उत्कृष्ठ कथनले पनि त्यही भन्छ – “यदि कुनै पनि देशलाई नष्ट गर्नु छ भने त्यस देशको संस्कार र संस्कृतिलाई नास गरे पुग्छ” । यसर्थमा हामीले हाम्रा सन्ततीलाई नेपालीत्व भाव जगाउनु छ भने हाम्रो भाषा र संस्कार सिकाउनु जरुरी छ । तर प्रवासमा हुर्किएका नेपालीमूलका बालबालिकाहरुलाई नेपाली भाषामा लेखिएका विषयवस्तुको ज्ञान आफैले पढेर ग्रहण गर्नु र नेपाली गीत, साहित्य, कला तथा संस्कृति बुझ्न सक्ने बनाउनु आफैमा एक कठिन कार्य हुन जान्छ ।
नेपालीहरूको दिनानुदिनको बढ्दो प्रवासको बसाईसराईले प्रवासमा नेपालीमूलका बालबालिकाको जनसङ्ख्याको चाप बढ्दो छ । हालका दिनहरूमा आएर नेपलीहरुले अमेरिका लगायतका देशहरूमा आफ्नै मेहिनतले बिधालयको समय बाहिर बिशेसत: शनिवार र आइतबारको दिन नेपाली भाषा शिक्षणका बिधालयहरु सञ्चालन गरेको पाइन्छ । ती विभिन्न स्कुल मध्येको एक बिधालय जो अमेरिकाको टेक्सस राज्यमा नेपाली समुदायले आफ्नै बलबुताले नेपाली मन्दिर भित्रै सञ्चालनमा ल्याएका छन् जहाँ कक्षा १ देखि ८ सम्मा बिधार्थीले नेपाली भाषा साहित्य, कला, संस्कृति, इतिहास, भूगोल आदि सिक्ने मौका पाउन्छन भने उपल्लो तहका बिधार्थीलाई गणित र SAT लगायतका विषयमा कोचिङ दिने गरिन्छ । जो आफैमा एक उदाहरणीय काम हुन गएकोछ ।
आज त्यही नेपली पाठशाला टेक्ससले १८ हप्ताको पठन पाठनलाई विविध कारणवस १६ हप्तामा सम्पन्न गरी १७५ जना विभिन्न उमेर समूहका बालबालीकाहरुलाई विशेष दीक्षान्त समारोह गरी प्रमाण पत्र वितरण गरयो । नेपाली समाजका अगुवाहरु र विभिन्न संध सङ्गठनका पदाधिकारी एवम् अविभावकहरुको उल्लेख्य उपस्थितिमा सञ्चालित कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामीछानेले आफ्नो ३ महिनाको कर्यकालमा बिधालय सञ्चालन लगायत अन्य कार्यक्रमहरू जस्तै -साना बालबालीहरुको प्रतियोगात्मक खेलकुद, बयस्कहरुकालागि सञ्चालित टेबुलटेनिस, फुटबल, बास्केटबल जस्ता खेलहरुको आयोजना एवम् भूकम्प पिडितकालागि रकम सङ्कलन, नेपाली नयाँ वर्ष कार्यक्रम सञ्चालन, नेपाली क्यालेण्डर प्रकाशन लगायतका विभिन्न कार्यक्रमहरू सफल रूपमा सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनहरूमा समाजका सबै महानुभावहरुको सुझाव र सल्लाहबाट नै समाजलाई अगाडि बढाएर लैजाने प्रतिबध्दता जाहेर गर्दै हिमालय खवरसंगको छोटो कुराकानीमा शिक्षकको अभाव र प्रशिक्षण सामग्रीको कमी लगायत भोलेन्टियर सेवाको अभावका अलावा पनि यो साल १७५ जना दिक्षित गर्न सकिएको बताउनु भयो ।
बिधालयका ईन्चार्ज एवम् नेपाली समाजका सचिव कमल सत्यालले बिधालयको सञ्चालनका बारेमा हिमालय खवरसंग कुरा गर्दै यो वर्षदेखि ६२०० डलर शिक्षकलाई पारश्रमिक तिरेको र करिब सोह्र हजार रकम जुटाई अडियोभिजुयल प्रोजेक्टर, कम्प्युटर र टिभीको व्यवस्था गरेको बताउनु हुन्छ जो विधालयलाई चाहिने आवस्यकीय पूर्वाधारका सामग्रीमा पर्न जान्छन ।
कार्यक्रममा अविभावक कमिटिका तर्फबाट अध्यक्ष घनन्जय ढकालले अडियोभिजुयल साधनको उपल्धता, बालबालीकाहरुलाई खाजाको व्यवस्था लगायत बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप र डान्स आदि कार्यक्रमको प्रशंसा गर्नुका साथै भौतिक पूर्वाधारको कमी, सामग्रीको अभाव, व्यवस्थित रेकर्ड किपिङको अभाव, नेपाल सम्बन्धी नैतिक शिक्षा, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक आदि पक्षको जानकारी दिने विषयवस्तुको अभाव लगायतका पक्षमा सुधारात्मक कदमहरुको आवश्यकता रहन गएको चर्चा गर्नु भएको थियो ।
नेपालीहरूको कार्यक्रममा मन्चमा लामो आसन ग्रहण गर्ने र खादा ओढ्ने परम्परा हटाउदै सिधै अरू भन्दा भिन्न किसिमले सञ्चालन भएको उक्त कार्यक्रममा बिधालयमा खाजाको व्यवस्था लगायत सहयोग गर्ने व्यक्ति र संध-संस्थाहरुलाई प्रशंसा-पत्रले समम्म गरिएको थियो । कार्यक्रममा वालवालिकाहरुले नेपाली गीतहरुमा नाचहरु प्रस्तुत गरेका बालबालिकाहरुले हिमालय खवरसंगको छोटो छलफलमा नेपाली भाषामा कुरा गर्दै नेपाली भाषा र कला सिकेकोमा खुसी प्रकट गरेका थिए ।
नेपाली समाज टेक्ससले जुन किसिमले बिधालयको सुरुआत गरेको छ यो आफैमा एक सफल श्रृजना हो । भले यसको सुधारकालागि गर्नु पर्ने धेरै कामहरू छन् । तर आज १७५ जना दिक्षित भएका हाम्रा भविष्यका ताराहरुले जुन किसिमबाट आफ्नो सिकाई प्रस्तुत गरेका छन् यो सानो प्रयासको ठुलो उपलब्धिको रूपमा लिनु पर्छ । तर यो कार्यलाई बिश्वब्यापिकरण गर्न नेपाली समाज टेक्ससले एन.आर.एन. र नेपाल सरकार सँग सहकार्य गरी पाठ्यक्रम र सिकाई ढाँचा तयार गर्नुका साथै आवश्यक पाठ्यसामग्री छनौट गरी अनलाइन र अफलाईन अध्ययन गरेर सिक्न र सिकाउन सकिने बनाउने प्रयास गर्न पहल कदम गर्नु पर्दछ ।
प्रतिक्रिया