मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नेपाल परेड् डे लाई हाम्रो आधिकारिक समर्थन छैन : वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी

नेपाल परेड् डे लाई हाम्रो आधिकारिक समर्थन छैन : वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी


यतिखेर नेपाली काँग्रेस पार्टीको प्रवासी भातृ सङ्गठन जनसम्पर्क अमेरिका ठुलो विवादमा छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट र वरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसी स्पष्ट दुई खेमामा विभाजित छन् । उपाध्यक्ष समूहले सभापतिलाई हटाई आफै आधिकारिक वताइरहेका छन् भने उता सभापति समूहले कार्य समितिका उपाध्यक्ष सहित तिन जनालाई निलम्वन गरेका छन् । जनसंम्पर्कक अमेरिकाको यस कार्यले उसका कार्यकर्तामा नराम्रो खिन्तता छाएको छ । यसै समस्यालाई केन्द्रिकृत गरी हिमालय खबरका तर्फबाट शरद पोखरेल र जनसम्पर्क अमेरिकाका  धनञ्जयनरसिंह केसी बिचको वार्तालाप: 
 
जनसम्पंर्क अमेरिकाको सभापति को हो तपाईँ या आनन्द विष्ट ?
हाल यो विवादित विषय हो । हामी बहुमत कार्यसमिति साथीहरूले उहाँको मनोमानि ढङ्गको कार्य शैलीको विरोध गर्दे उहाँलाई हाल तिन महिनाका लागी निलम्वित गरेको हो र साथै कार्य समितिका साथीहरूले नै मलाई हाल कार्यवहाक सभापति बनाएका हुन्  । यसैले म नै जनसम्पर्क अमेरिकाको हालको कार्यवहाक सभापति हु । 
 
तर आनन्द विष्टजीहरु तपाईहरुलाई हटाउने आधार नभएको र विधानत हटाउने नै भए ५१ प्रतिशत क्रियाशील सदस्यहरूले अविश्वास गरे मात्र आफू हटने वताइरहनु भएको छ त?
पहिलो कुरा कुनै पनि संस्थाका लागी विधान किन आवश्यक पर्छ I यो कुरा बुझ्न म उहाँलाई आग्रह गर्छु । उहाँले वुझदै नवुझि ठाउँ ठाउँमा बोल्दै हुनुहुन्छ । पछिल्लो वर्ष ड्यालस एकता अधिवेशनमा स्पष्ट रूपमा विधानत अध्यक्षलाई बहुमत कार्यसमिति सदस्यहरूले निलम्वन गर्न सक्ने उल्लेख छ । त्यसैले हामीले उहाँलाई विधानत हटाएका हैनौ । निलम्वन मात्र गरेका हौ जुन हामी बहुमत कार्यसमिति सदस्यहरूको क्षेत्राधिकार भित्र पर्छ । स्पष्ट होस आनन्दजीलाई कार्यसमिति सदस्यहरूले हटाउन सक्दैनौ हामीले निलम्वन गर्न मात्र सक्छौ ।   
 
तीन महिना निलम्वनको के अर्थ हो ? 
हेर्नुस हामी यो निर्णयमा हचुवाका भरमा त्यसै पुगेका हैनौ । हामी बहुमत साथीहरूले उहाँलाई पटक पटक सच्निन आग्रह गरेका हौ । उहाँको समस्या भनेको एकलौटि मनोमान्यी ढङ्गबाट संस्थालाई अगाडि लान खोज्नु हो । यसले नै आजको समस्या आएको हो । बाकी रहयो तीन महिना निलम्वनका कुरा त्यो समयमा हामी साधारण सभाको भेला गराई बहुमतीय आधारमा उहाँलाई जनसम्पर्क अमेरिकाको सभापतिवाट हटाउँने छौ ।
 
तपाईँहरूको मनमुटाव पार्टी भित्र होला तर तपाईहरुले नेपाल परेड डे लाई किन बिचमा मुच्छनुभयो ?
हामी नेपाल परेड डे को विरोधी हैनौ र मुछेका पनि हैनम । व्यक्तिगत रूपमा म यसको पूर्ण सफलताको कामना गर्छु । कुनै पनि कार्यक्रम गर्दा कार्यक्रम मात्र गर्ने कि सफल कार्यक्रम गर्ने ? सफल हुनका लागी गर्ने हो भने अमेरिका स्थित सबै सङ्घ संस्थालाई समेटन सक्न पर्छ साथै हरेक संस्था संस्थागत रूपमा जानु पनि पर्‍यो । सबै समेटिएको आयोजक कमिटि बन्न परयो । किनकि यो कुनै पार्टी विशेषको नभै मात्र नेपालीहरूको हुन परयो । तर त्यस विपरीत यसमा उहाँ आनन्दजी ले जुन वान म्यान सो ढाँचा देखाउनु भयो हामी त्यसको विरोधी हौ । त्यसैले जनसम्पर्क समिति आधिकारिक रूपमा यो परेडमा सहभागी छैन । हामी नेपाल परेड डे जस्ता नेपाल चिनाउने कार्यक्रमहरू अमेरिका भित्र भैरहन पर्छ भन्ने मान्यता हामी राख्छौ । तर संस्थागत रूपमा  त्यस्ता कार्यक्रमहरूको हामी विरोधी हैनम । 
 
तपाईँहरूको मनमुटाव मूलत नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा आफू नपर्नाले भएको हो ?
विल्कुल हैन । हाम्रा असहमतिहरु धेरै अगाडि देखि नै थिए । जसलाई हामीले नौ वुदे असहमतिवाट वेला वेलामा प्रकट गर्दै आएका थियौ । जहा सम्म महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया छ त्यसमा पनि चयन प्रक्रिया संस्थागत भएन भन्ने मात्र हो ।
 
तर तपाईँले यति भनिरहदा केन्द्रले त उहाँ विष्टजीहरुलाई नै आधिकारिक मानिदियो नि त ?
यसमा उहाँको राजनीति छ । विशेषत महाधिवेशन प्रतिनिधि छनोटका लागी केन्द्रले सभापतिको स्वविवेकको अधिकार केही मात्रमा प्रत्यायोजन गरिदियो यद्यपि हाम्रो संस्था अमेरिकामा भएको हुँदा हाम्रो विधान यताको हुन्छ । हाम्रो यहाँको विधानले भने केन्द्रीय कमिटिवाट प्रतिनिधि छनोट अनुमोदन गर्न पर्ने हुन्छ । जसलाई सभापतिले सिधै लत्याईदिनु भयो । केन्द्रको अधिकारको मनोमान्य ढङ्गले उपयोग गर्दे आफ्ना मान्छेहरूलाई महाधिवेशन प्रतिनिधिमा छनोट गर्नु भयो । जुन घोर अप्रजातान्त्रिक छ । हामीले उहाँको यो प्रक्रियाको विरोध गरेका हौ । 
 
तपाईँहरूको सभापति सँग खास असहमतिहरु के के हुन ?
हेर्नुस व्यक्तिगत रूपमा भन्दा हाम्रो कोही उहाँ सँग केही पूर्वाग्रह छैन । हाम्रो मुख्य भनाई भनेको जनसम्पर्क अमेरिका संस्थागत भएन भन्ने मात्र हो । यो विषयमा हामीले नौ वुदे असहमति पनि राखिसकेका छौ । यसमा पनि मुख्य वुदाहरु भन्नु पर्दा : 
 
पहिलोः टेक्सस विधानलाई उहाँ आनन्दजीले लत्याउनु भयो र अर्को विधान आफ्नो सुविधा बमोजिम जालसाजी गरी उक्त महाधिवेशनको आठ वुदा परिर्वतन गरी ल्याउनु भयो । हामी टेक्सस विधानलाई आधिकारिक मानेर संस्थागत काम कारबाही होस भन्ने चाहन्छौ ।
  
दोस्रोः मन नपर्ने च्याप्टरहरु प्रति उहाँ पूर्वाग्रही हुनु भयो । हाम्रो भनाई उहाँ जन सम्पर्क अमेरिकाको सभापति हो कुनै झुण्ड विशेषको हैन । असहमति राख्ने साथीहरूलाई पनि उहाँले समेटन सक्नु पर्छ ।
 
तेस्रोः टेक्सस विधानले सभापतिलाई छ जना सदस्यलाई उहाँले मनोनीत गर्न पाउँनुहुन्छ तर त्यसलाई कार्यसमितिले अनुमोदन गर्न पर्छ । उहाँले कार्य समितिको मन्जुरी विना चार जनालाई मनोनीत गरिसक्नु भयो । जुन गैह् कानुनी छ र यसलाई सच्चाउन पर्छ ।
 
चौथो तर महत्त्वपूर्ण पारर्दशिताः सभापतिका नाताले उहाँमा आर्थिक पारर्दशिता पटक्कै छैन । भूकम्प पीडितका लागी उठेको पैसाको उहाँले हिनामिना गर्नु भएको छ । हामी आर्थिक पारर्दशिता कायम होस भन्ने पक्षमा छौ ।
 
यस अवस्थामा सहमति र समाधानको विन्दु के देख्नु हुन्छ ?
समस्या समाधान एकदम न्यून देख्छु म । उहाँमा समस्यालाई समस्यै देख्नु हुन्न यद्यपि हामी खुला छौ ।  यसै बिचमा हामीले यो विवाद हल गर्नका लागी केन्द्रको मद्दत मागेका पनि छौ । सम्भवत केन्द्रबाट कोही प्रतिनिधि आएर यो समस्या समाधान हुनेमा विश्वस्त छौ ।