मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनको अर्थतन्त्रबाट नेपाली रुपैंयामा असर

चीनको अर्थतन्त्रबाट नेपाली रुपैंयामा असर


हिमालयखवर संवाददाता I
नेपाली रुपैंयामा असर चीनको अर्थतन्त्रमा देखिएको गिर्दो अवस्थाले नेपाली रुपैंया र अमेरिकी डलर विचको विनिमय दरमा पनि अस्थिरता आएको छ । एक अमेरिकी डलर साट्दा १ सय ८ भन्दा वढी पाइने अवस्था आएको छ । चीनले आफ्नो अर्थतन्त्रलाई सुधार गर्न आफ्नो पैसा युआनलाई कमजोर वनाएकाले भारतीय रुपैंया र नेरुमा असर परेको हो । भारुमा चतार चढाव आउने वित्तिकै नेरुको सटही दरमा फरक पर्छ ।
 
भारतमा वुधवार प्रति डलर भारु ६७ रुपैंया ९५ पैसा पुगेको हो । यही आधारमा नेपालमा डलर वढेको हो । यस अनुसार प्रति डलर बैंकले किन्ने दर १०८ रुपैंया ६४ पैसा र विक्री गर्ने दर १०९ रुपैंया २४ पैसा पुगेको छ । न रुपैंयासंग डलर वढेकाले अमेरिका लगायत डलरमा पारिश्रमिक पाई नेपाल पठाउनेलाई फाइदन हुने छ । नेपालमा डलर पठाउंदा पहिले भन्दा वढी पैसा पाइने भएकाले यो त्यहां सम्पत्ति जोड्ने लगायतका काम गर्ने उपयुक्त समय हो । नेपालवाट यहां समान ल्याई विक्री गर्नेलाई पनि यसले प्रभाव पार्छ । 
 
यसले नेपालवाट पैसा मगाउने विद्यार्थी, नेपालवाट हवाई यात्रा गर्ने वा विदेश घुम्नजानेलाई महंगो पर्छ । आयात हुने वस्तुपनि नेपालमा महंगा हुन्छन् ।
 
अन्तराष्ट्रिय बजारमा तेल मूल्यमा थप घटेकाले अमेरिकाको सेयर बजारमा गिरावट आएको छ । न्यूओर्कमा रहेको संसारकै सवैभन्दा ठुलो न्यूओर्क स्टक एक्स्चेन्जमा वुधवार बजार खुले लगत्तै अधिकांश कारोवार भएका सेयर मूल्य घटेकाले यस आधारमा निर्धारण हुने डोजोन्स सुचक ५ सय अंकले गिरावट आएको थियो । मध्ये भने सेयर बजार केही सम्हालिएको थियो ।
 
तेल कम्पनीका सेयरमा गिरावटले समग्र सेयर बजार तल झरेको छ । यसवाहेक केही समययता खराव अवस्थामा रहेको एप्पल कम्पनीको सेयरमा पनि वुधवार थप गिरावट आयो । वुधवार तेलको मूल्य प्रति व्यारल २७ अमेरिकी डलरमा झरेको छ । यो घट्ने क्रम जारी रहे अमेरिकामा प्रति ग्यालन तेल १ डलर भन्दा कम आउने अनुमान छ । मिचिगन राज्य अहिलेनै तेलको मूल्य एक डलरभन्दा कममा झरेको छ । अमेरिकामा पानी भन्दा तेल सस्तो भएकोछ । 
 
चीनको अर्थतन्त्रमा आएको समस्या र उच्च आपुर्तिले  तेलको मूल्य तल झरेको हो । यो उपभोक्ताका लागि फाइदाजनक भएपनि तेलमा निर्भर अर्थतन्त्र भएका खाडी मुलुक, रुस, भेनेजुवेला लगायतका देशका लागि पनि संकट हो ।
फोटो साभार: सिएनबिसी