मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्सासको ड्यालसमा नयां संविधान अवसर र चुनौती वारे गोष्ठीको आयोजना हुने

टेक्सासको ड्यालसमा नयां संविधान अवसर र चुनौती वारे गोष्ठीको आयोजना हुने


हिमालय खबर संबाददाता  I अमेरिका I
नेपालमा नयां संविधान आए पछिका अवसर र चुनौती के कस्ता छन यसवारे टेक्सासको ड्यालसमा नयां संविधान चुनौती र अवसरका विषयमा बृहत छलफल कार्यक्रम गोष्ठी आयोजना गरिने भएको छ । यही नोभेम्वर २८ शनिवार दिउसो हुने उक्त कार्यक्रममा मुख्य वक्तामा नेपाली कांग्रेसका नेता तथा सांसद डा शंशाक कोइराला हुनु हुने छ । यसका लागि डा. शशांक आउने साता अमेरिका आउने कार्यक्रम छ ।
 
नेपालमा नयां संविधान आएपछि आएका अवसरहरु के कस्ता छन् र विदेशमा वस्ने नेपालीले यसमा कसरी सहभागिता जनाउन सकिन्छ यसवारेमा गोष्ठीमा छलफल हुने आयोजक नेपाल जनसम्पर्क समिति वेस्ट टेक्सासका अध्यक्ष हरिबोल भण्डारीले हिमालय खबरलाई जानकारी दिए । उक्त अवसरमा नेपालमा आएको महाभुकम्पवाट प्रभावित गागल फेदी निम्न माध्यामिक विद्यालय लगायत अन्य स्कुलको पुर्ननिमार्णका लागि सहयोग संकलन पनि गरिने भण्डारीले वताए ।
 
गोष्ठीमा टेक्सासका विभिन्न संघ संस्थाहरुको पनि सहभागीता हुने छ । विदेशमा सिकेको जानेको र आर्जन गरेको ज्ञान, सीप र पुंजी नेपालमा लगानी गर्न चाहनेहरु थुप्रै हुनुहुन्छ यस्तो समुदायलाई कसरी त्यहां सम्म पुर्याउने यसवारेमा छलफल गर्ने हाम्रो मुख्य उद्देश्य हो भण्डारीले भने, हामी इच्छुक सवै नेपाली समुदायलाई सकृय सहभागिताका लागि आमन्त्रण गर्छौ ।
गोष्ठीमा छलफललाई दुई भागमा बांडिएको छ । पहिलो चरणमा छलफल कार्यक्रम हुने छ र सांझ च्यारेटी डिनरको आयोजना गरिने आयोजकले जनाएका छन् । च्यारेटी डिनरवाट उठेको सवै रकम भुकम्प प्रभावित स्कुल वनाउन नेपाल पठाइने छ । 
 
अवसर खोजौं, सहभागी बनौं : हरिबोल भण्डारी
नेपालको समाचारहरु पढ्दा जो कोहीलाई पनि त्यहांको कष्टकर अवस्थाले निराश वनाउंछ । महाभुकम्पले देशलाई थिलो थिलो वनाएको थियो । ८ हजार भन्दा वढीको ज्यान गयो । २० हजार गाउंहरु यो भुकम्पको मारमा परे । हज्जारौं स्कुलहरु क्षतविक्षत भए । तर, संविधाननै वन्दैन भन्ने आशंकालाई चिर्दै दुई महिना अघि संविधान सभाले अत्याधिक बहुमतवाट जारी गरेको संविधानले राजनीतिक संक्रमणकाल समाप्त गरेको छ । यो सुखद समाचार थियो । तर, संविधान जारी भए लगत्तै अघोषित नाकावन्दीले देशमा मानविय संकट नित्याएको छ  । 
 
 
देश पुर्ननिमार्ण गर्नु पर्ने बेला ग्यांस, तेल र दैनिक उपभोग्य अत्यावश्यक वस्तु जटाउन धौ धौ परेको अवस्था छ । तर, यसमा निराशा भईहाल्नु पर्ने अवस्था भने छैन । यो संकटले देशलाई नयां ढंगले पुर्ननिमार्णमा जान पनि मद्दत गरिरहेको छ । परनिर्भर अर्थतन्त्र, हामीले विगतमा गरेका कमी कमजोरीहरु वहसमा आएका छन् । यो सकरात्मक पक्ष छ । यो विश्वमा पुर्ण आत्मनिर्भर संभव छैन तर, स्वभिमानका लागि एकपट्टी मात्र वढी निर्भर हुनहुंदोरहेनछ भन्ने पाठ पनि हामीले पुन सिक्ने मौका पायौं । यो संकटलाई कसरी शक्तिमा वद्ल्ने यो देशको र नेपाली समुदायको चुनौती हो । र यो नयां अवसर पनि हो । 
 
दुई महिना भयो देशमा प्रति लिटर १ सय ७ रुपैंया पर्ने पेट्रोल ३००, ४०० मा कालोबजारी भईरहेको छ । ट्याक्सीको भाउ सुन्दा जिब्रो टोक्नु पर्छ । आधा सिलिण्डर ग्यांस पनि पाईएको छैन । कसरी सांझ विहानको गर्जो टार्ने भन्ने समस्या वढीरहेको छ । तर, यो अवस्था सधै रहदैंन । विभिन्न माग राखी आन्दोलनरत मधेशवादी पार्टीसंग सरकार र राजनीतिक पार्टीको वर्ता भईरहेको छ । औपचारिक र अनौपचारिक रुपमा  यो मानविय संकट वढ्न नदिन छिमेकी देश पनि सहमत भएका खवर आएका छन् । आशा गरौं यो संकट केही दिनमै सकिन्छ र देशले विकासमा नयां गति लिन्छ । 
 
आशा  जगाउने थुप्रै विषयहरु पनि छन् । ठुलो लगानीलाई सहज वनाउने गठन भएको लगानी बोर्डमा नेपालमा १० अर्ब रुपैंया भन्दा वढी लगानी गर्ने इच्छा देखाउंदै निवेदन दिने संख्या उल्लेख्य छ । जलविद्युत, सिमेन्ट लगायत कयौं क्षेत्रमा विदेश लगानीकर्ताले ठुलो पुंजी लगाउने मनशास राखि बोर्डमा प्रस्ताव पेश गरेका छन् । यसवाहेक स्वदेश र विदेशमा वस्ने नेपालीले पनि होटल, व्यवसायीक कृषि, जलविद्युत लगायत कयौं क्षेत्रमा लगानी गर्दै छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाडौंमा १० अर्ब रुपैंया भन्दा वढीको होटलमा लगानी गर्न जुटेका छन् । नेपालकै लक्ष्मी समुह, लगायत कयौं उद्योग व्यवसायीपनि स्तरीय होटलमा पैसा लगाईरहेका छन् । कोलोराडोमा रेष्टुरेष्ट गरिरहेको एक जना व्यवसायीले नेपालमा गएर वियर उत्पादन गरेका छन् । 
 
अव हामीले केही महिना पछि काठमाडौंको मातातिर्थवाट केवलकार चढी चन्द्रागिरी उल्केर रमाउन सक्छौ । ३ अर्ब रुपैंया भन्दा वढी पुंजी लगानीमा चन्द्रगिरीमा केवलकार वन्दै छ । देशका कयौं स्थानमा सानो देखि ठुलो लगानीमा कयौं जलविद्युत परियोजनाहरु वनिरहेका छन् । यी परियोजनाले क्रमश विद्युत आपुर्ति वढाउंदा देशले भोग्नुपरेको लोडसेडिगंको समस्यापनि कम हुदै जाने छ । तर, यति लगानी मात्र पर्याप्त हुदैंन । अझ कयौं क्षेत्रहरुमा पुंजी लगानीको आवश्यकता छ । आउने सकरात्मक वातावरणलाई विदेशमा वस्ने नेपाली समुदायले पनि उपयोग गर्न अव पछि पर्नु हुदैंन । नेपालमा केही हुदैंन भनेर पछुताउनु भन्दा कसरी त्यहां सहभागी भई आफ्नो ज्ञान,सीप र पुंजी उपयोग गर्ने त्यस तर्फ जांदा अवसरको उपयोग गर्न सकिन्छ । पुंजी मात्र होइन सृजनशीलता पनि देशलाई खांचो छ । 
 
लगानीको  मुख्य उद्देश्य नाफा हो । नाफा हुदैंन भने कुनै पनि व्यवसाय समाजका लागि समेत भार बन्छ । देशको नयां अवसरवाट कसरी देशलाई फाइदा लिने आफुले पनि नाफा दिने छलफल गरौं । अवसर खोजौ र सहभागी बनौं ।
 

BOOK A ROOM >> CLICK HERE