मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङका भूकम्पपीडित चेपाङको बिचल्ली

धादिङका भूकम्पपीडित चेपाङको बिचल्ली


धादिङ ।  भूकम्प गएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म केही राहत नपाएको भूकम्पपीडित चेपाङले गुनासो गरेका छन् । सीमान्तकृत समुदाय भएकै कारण सरकारले बेवास्ता गरेको चेपाङहरुले गुनासो गरेका छन् ।
 
भूकम्पले घर पूर्णरुपमा क्षति भएर बस्न नमिल्ने भएपछि अझै त्रिपालमा बस्दै आएका धादिङ महादेवस्थानका चेपाङहरु अहिले सरकारसँग राहतकोे माग गरेका छन् । घर पूर्णरुपमा क्षति भए पनि प्राविधिक टोलीले आंशिक क्षति लेखिदिएका कारण सरकारले दिने भनेको १५ हजार रूपैयाँ पाउन नसक्दा साउने झरीमा समेत भिज्दै रात काट्नु परेको बेनीघाट ओर्वाङका रामबहादुर चेपाङले बताए । 
 
भूकम्पपछि क्षतिको विवरण संकलन गर्नका लागि गाउँगाउँमा  प्राविधिकहरु पठाएको भए पनि विकट गाँउमा प्रविधिकहरु नगई सडक छेउछाउमा नै बसी मूल्याङ्न गरेकोले चेपाङ परिवार राहत लिनबाट वञ्चित भएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङको भनाइ छ । अहिले भूकम्पपीडित चेपाङहरु कतिपय त गाईको गोठमा बस्दै आएका छन् भने बस्ने ठाँउ नै नभएपछि कतिपय सँुगुर र बाख्रासँगै  एकै ठाउँमा बस्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । 
 
सरकारले पीडितका लागि सहयोग गर्न भनी विभिन्न कार्यक्रमहरु ल्याएको भए पनि दक्षिणी धादिङका विकट बस्तीमा यस्ता कार्यक्रम र सहयोग  पुग्न नसकेको केन्द्रीय अध्यक्ष चेपाङले बताए । धादिङको जोगिमारा, धुषा, बेनीघाट, महादेवस्थान, पिडा, कुम्पुर, थांक्रे र गोगनपानी गाविसमा गरी करिव १८ हजार चेपाङको बसोवास रहेको छ । अधिकांश चेपाङबस्ती विटकमा रहेका कारण उनीहरुको जीवनस्तर निकै कष्टकर रहेको छ । 
 
कुल जनसंख्याको ८० प्रतिशत चेपाङहरु वर्षको छ महिनासम्म खान नपुग्ने अवस्थामा रहेको नेपाल चेपाङ संघले जनाएको छ । वर्षैभरि खानेकुराको खोजीमा लाग्नु पर्ने बाध्यताले भूकम्पले घरबारविहीन बनाइ दिएपछि उनीहरु थप बिचल्ली परेको चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले बताए । 
दक्षिणी धादिङको महादेवस्थानको रिदि खोला, सिउँडीबार, छापडाँडाका धेरैजसो चेपाङ परिवारहरुले न त सरकारले दिएको केही राहत पाएका छन्, न त कुनै गैरसरकारी संस्थाले दिएको सहयोग नै पाउन सकेका छन् । 
 
भूकम्प गएको तीन महिना बितिसक्दा पनि उनीहरु अझै त्रिपालमा नै बस्दै आएका छन् । बिहान–बेलुकीको छाक टार्नसमेत मुस्किल पर्ने धेरैजसो विकट बस्तीका चेपाङ परिवारलाई अब कसरी बस्ने घर बनाउने भन्ने चिन्ताले सताइ रहेको उनी बताउँछन् । त्यसो त यी गाँउहरु त प्रतिनिधि बस्तीमात्र हुन् ।
 
भूकम्पपीडितहरुको सहयोगका लागि आएका सरकारी, गैरसरकारी तथा विदेशीदाताको रोजाइमा उत्तरी धादिङको गाउँबस्तीमात्र परेका कारण दक्षिणी धादिङ धेरैजसो विकट बस्तीहरुमा सहयोगी निकायको ध्यान पुग्न नसकेको हो । 
 

शेयर गर्नुहोस:

0
Shares