मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालश्रम घटाउन ‘परिवार सक्षम बनाउने अभियान’

बालश्रम घटाउन ‘परिवार सक्षम बनाउने अभियान’


चितवन । चितवनको रत्ननगर उद्योग वाणिज्य सङ्घले बालश्रमिक बढ्दै गएको भन्दै परिवार सक्षम बनाउने अभियान सुरु गरेको छ ।
 
परिवार सक्षम नभएसम्म बालश्रमिक न्यूनीकरण गर्न नसकिने निष्कर्षसहित सङ्घले उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत घरेलु बालश्रमिकका अभिभावकलाई सहकारीमा खाता खोल्न रु तीन हजारका दरले विभिन्न क्षेत्रमा रकमसमेत दिइएको छ ।
 
उनीहरूको आयआर्जन वृद्धि गर्न ३४ जनालाई बाख्रा, सात जनालाई रिक्सा, तीन जनालाई ठेला र पाँचजनालाई पाडी दिएको सङ्घका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।
 
यस्तै दुई जनालाई सिलाइ मेसिन, चार जनालाई किराना सामग्री र एक–एकजनालाई बङ्गुर, माछा तथा कुखुरापालनका निम्ति सहयोग गरिएको छ । यसरी सहयोग पाएका १३४ ले विभिन्न आयआर्जनका कार्यक्रम गरी बालबालिकालाई श्रमबाट मुक्त गरेको सङ्घले जानकारी दिएको छ । 
 
यस्तै सचेतनाका लागि विद्यालय शिक्षा र टोल शिक्षा कार्यक्रमसमेत चलाइएको कर्माचार्यले बताउनुभयो । कानुनमा १४ वर्ष उमेर मुनिका बालबालिकालाई कुनै प्रकारको श्रममा लगाउन पाइँदैन । १४ वदेखि १८ वर्ष मुनिका बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउन पाइँदैन । 
 
सङ्घले उक्त कार्यक्रम सुरु गरेपछि रत्ननगर र आसपास क्षेत्रमा ४०० भन्दा बढी बालबालिकालाई परिवारमा पुनः एकीकरण गरिएको छ । अझै ५०० बालश्रमिक रहेकाले उनीहरूको परिवारमा पुनः एकीकरणका लागि पहल भइरहेको सङ्घका अध्यष ज्ञानबहादुर विसुरालले बताउनुभयो ।
 
हालै गरेको एक अध्ययनले सो क्षेत्रमा भूकम्पका कारण ४० बालश्रमिक बढेको पाइएको हो । सङ्घका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक दीपककुमार कर्माचार्यले भूकम्पका कारण बालश्रमिक थपिएको भन्दै उनीहरूलाई परिवारमा फर्काउन पहल भइरहेको जानकारी दिनुभयो । हाडी गाविसबाट बालबालिका श्रम खोज्दै रत्ननगरमा आएको अनुगमनले पुष्टि गरेको छ । 
 
रत्ननगर झरेका ती बालबालिका धेरैजसो होटल तथा घरमा श्रमिकका रूपमा काम गरिरहेको अनुमगनमा पाइएको छ । चितवनको भरतपुर क्षेत्रमा गोरखा धादिङ क्षेत्रबाट आएका सातजनालाई भने गाउँ फर्काइएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्ता केदार खनालले बताउनुभयो । चितवनमा तीन हजारभन्दा बढी बालश्रमिक रहेको तथ्याङ्क छ । रासस