मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आज विश्व बाघ दिवस, पाटेबाघको संरक्षणमा चुनौती

आज विश्व बाघ दिवस, पाटेबाघको संरक्षणमा चुनौती


चितवन । आज विश्व बाघ संरक्षण दिवस मनाइदैछ । संसारबाट घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पुर्‍याउने उद्देश्यसहित हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिएको छ ।
 
चोरी शिकार, बासस्थानको बिनाश तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको छ । बाघको छाला, हाड, मासु, दाँत र नंग्रा महंगोका बिक्री हुने भएकाले चोरी शिकारी बढेको छ । पछिल्लो सय वर्षको अवधिमा संसारभर बाघको संख्या ९७ प्रतिशतले घटेको छ । सन् १९१३ मा बाघको संख्या १ लाख रहेकोमा सन् २०१३ मा यो संख्या ३ हजार २ सय ७४ मा झरेको तथ्यांक छ ।
 
यो संख्यालाई हेर्दा अबको पाँच वर्षमा संसारबाट बाघ लोप हुनसक्ने देखिएको विज्ञहरुले बताएका छन् । शहरीकरण र कृषि प्रयोजनका लागि वन विनाश तथा जलवायू परिवर्तनका कारण समुद्री सतह बढ्दै गएकाले बाघको बासस्थान घट्दै गएको हो । आहाराको खोजीमा बाघ मानववस्तीमा पस्दा समुदाय र बाघबीच द्वन्द्वको स्थिति सिर्जना हुने र बाघ मारिने गरेकोले बाघ संरक्षणका लागि समुदायको सहभागिता अपरिहार्य हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
 
बाघको संरक्षणका लागि निकुन्ज र वन्यजन्तु आरक्ष वरपर मध्यवर्ती क्षेत्र घोषणा गरेर समुदायलाई संरक्षणमा सक्रिय गराउने नीति अनुसार सरकारले कार्यक्रम सन्चालन गरिरहेको छ ।
 
चितवन राष्ट्रिय निकुञ्ज ,शुक्लाफाँटा बन्यजन्तु आरक्षण, बर्दिया, र पर्सा बन्यजन्तु आरक्षमा गरी अहिले १ सय ९८ वयष्क बाघ रहेका छन् । त्यसमध्ये चितवन निकुञ्जमा मात्रै १२० बाघ रहेको साहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो । चितवन निकुञ्जको चौडाइ छोटो रहेकाले वन्यजन्तुबाहिर निस्कन सक्ने भन्दै उहांले अन्य वन क्षेत्रको पनि संरक्षण गरी बाघको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।
 
चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रमा बाघको सङ्ख्या बढी देखिएकाले ती क्षेत्रको संरक्षण गर्दै बाघको बासस्थान संरक्षणमा निकुञ्ज सक्रिय भएको थपलियाको भनाई छ । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुन्जले आज बाघ संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै छ ।