मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

न्याउरी मुसोले सा¥यो पशुहरुमा रेविज

न्याउरी मुसोले सा¥यो पशुहरुमा रेविज


चितवन । चितवनमा यो वर्ष रेविज लागेर पशु मरे । पशुमा रेविज लाग्नुका कारण कुकुर नभएर न्याउरी मुसो भएको पशु चिकित्सकहरुको अनुमान छ । अचेल न्याउरी मुसाको बिगबिगी निकै बढेको छ । यसैका कारण पशुलाई समस्या परेको होला भनेर सर्वसाधरणले भने सोचेका थिएनन् ।
‘रेबिजको कारण कुकुर हो भन्ने धेरैलाई लाग्छ । तर यो वर्ष चितवनमा देखिएका रेविजका केशहरुमा न्याउरी मुसो पनि कारक हो भन्ने हामीलाई लागेको छ’ चितवन जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा।रामकुमार कार्कीले भने । रेविजले घरपालुवा पशु मरेपछि कार्यालयले यसमा विशेष चासो दिएको छ ।
यो वर्ष गाईभैंसीमा रेविजका १० वटा घटना भएको पशु सेवा कार्यालयका प्रमुख कार्कीले जानकारी दिए । ‘फूलबारी, तोरीखेत, क्षेत्रपुर पिठुवा, खोलेसिमललगायतका स्थानमा पशुमा रेविज देखिएको थियो’ उनले भने । रेविज पाइएपछि अन्य पशुमा पनि परीक्षण गरिएको उनले बताए । 
ठूला फार्महरुमा पहिलेबाटै खोरेतविरूद्धको भ्याक्सिन दिइन्थ्यो । ‘पहिला पहिला भयङ्कर लाग्ने महामारीहरु कम हुँदै गए । तर नयाँ खालको समस्या पनि देखा परे’ कार्यालय प्रमुख कार्कीले भने । न्याउरी मुसाका कारण रेबिज हुन्छ भन्ने थाहा नपाएर पर्याप्त सतर्कता अपनाउन नसक्दा पनि समस्या आएको हुन सक्ने उनको भनाइ छ ।
रेविज नियन्त्रणका लागि भुस्याहा कुकुर नियन्त्रणका अभियान नै चलेको छ । पशु सेवा कार्यालयको हातभित्रै एउटा गैर सरकारी निकायले भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्ने र रेविजविरूद्धको सुई लगाउन क्लिनिक नै चलाउँदै आएको छ ।
कुकुरविरूद्ध सक्रियता बढे पनि रेविज नियन्त्रणका लागि यसैले मात्रै नपुग्ने देखिएको छ । रेविज गराउन सक्ने जनावरहरुको पहिचान गरेर त्यस्ता जनावरहरुलाई गोठमा छिर्न नसक्ने बनाएमात्रै रेविजबाट पूर्ण सुरक्षा हुन सक्ने पशु चिकित्सकहरुको सुझाव रहेको छ ।
चितवनमा अरु बेला देखिएका महामारी यो वर्ष देखिएनन् । तर नयाँ समस्या रेविज भने देखा परेको उनले बताए । चितवनमा कुखुराबम बर्डफ्लु, बाख्राबम पीपीआर र गाईभैंसीमा खोरेतको समस्या देखा पर्दथ्यो । यो वर्ष यस्ता खालका समस्याहरु खासै आएन भन्छन् कार्यालयका प्रमुख कार्की ।
‘विसं। २०७० साल जेठ नौ गतेयता चितवनमा कुखुराबम बर्डफ्लु देखिएको छैन’ कार्कीले भने । त्यस्तै अघिल्लो वर्ष खोरेत रोगका कारण ६८ वटा पशु चौपाया मरेर दुग्ध उत्पादक किसानहरुले समस्या झेल्नु परेको थियो । यो वर्ष खोरेतको प्रकोप देखिएन ।
त्यस्तै बाख्राबम पीपीआर रोगको संक्रमण देखिने हुँदा कार्यालयले यो वर्ष ५० हजार भ्याक्सिन लगाएको थियो । बंगुरमा देखिने रोगहरु पनि खासै देखिएनन् । खोरेतको प्रकोप बढेसँगै गत वर्ष पशुहरुलार्ई भ्याक्सिन दिने काम पनि सुरू भएको थियो ।