मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको एउटा गाउँ जहाँका मानिसहरु किड्नी बेच्छन्

नेपालको एउटा गाउँ जहाँका मानिसहरु किड्नी बेच्छन्


काभ्रे । काभ्रेको होक्से बजारका अधिंकास मानिसहरु आफ्ना किड्नी बेच्दैछन् । राजधानी काठमाडौंबाट होक्से पुग्ने गरेका मृगौला किन्ने दलालहरु स्थानीयलाई ललाई फकाई गराउँदै मृगौला किन्दैछन् ।

भूकम्पले अस्तव्यस्त बनाएपछि घरबास नहुँदा ती दललाहरुलाई सजिलो भएको छ, घर बन्ने पैसा आउँछ भन्दै मृगौला किन्न । कतिपय स्थानियलाई मृगौला झिकेपनि पछि आफै मृगौला बढदै आउँछ अनि ठिक हुन्छ भन्ने पनि गरेको भन्दै एक बेलायती पत्रिका डेलीमेलले ‘किड्नी गाँउ’ को संज्ञा दिदैं हेडलाइन नै बनाएको छ ।

१ हजार ३०० पाउण्ड स्टर्लिङ डलर पाउनको लागि भारतसम्म गएर मृगौला निकाल्ने गरेका छन् त्यहाँका बासिन्दा।

‘दशौं बर्ष अघि देखिनै मृगौला माग्न मानिस आउने गरेपनि हामी दिन्नौ भन्दै आएका थियौ। अहिले घरबार छैन, खर्च छैन, नकार्न सकेनौं’, त्यहाँका बासिन्दा भन्छन्।

गरिबीको रेखामुनी रहेका अझ विशेष गरि बालबच्चा यस्तो मृगौला किनबेच गर्ने गिरोहको निशाना बनेको देखिन्छ। एक अध्ययनअनुसार विश्वमा बर्षेनी ७,००० हजार भन्दा बढी मृगौला अवैधानिक रुपमा किनबेच हुन्छ। मृगौलाको लागि गाँउ चाहर्ने यस्ता गिरोहमा आजकाल धेरै नयाँ अनुहार देखिने गरेको त्यहाँका बासिन्दा बताउँछन।

राहत र खाध्यन्न भुकम्पले चपेटामा पारेका नागरिकको दैलोसम्म पुर्याउन नसकेको सरकारले यस्तो कार्यमा रोक्न आवश्यक कदम चाल्नु पर्ने देखिन्छ। सामाजिक चेतना फैलाउन लागि परेका भनिएका संघ सस्थाहरु जनचेतनाको यस्तो कमी भएको ठाँउसम्म किन पुग्न सक्दैनन्र ?

गरिबी कारण मृगौला बेच्नेहरु नेपालमा अन्यत्र पनि धेरै नै छैन् । अब त झन भुकम्पले घर लग्यो अनि दलालले मृगौला लग्यो भन्ने उखान नै बन्न थालेको छ। त्यसैले संसारकै प्रतिष्ठित पत्रिकासमेत भन्न बाध्य छ९मृगौला बेच्ने एउटा गाउँ छ नेपालमा ।