बिश्व घटना

नेपाल टीपीएस सुबिधा प्राप्त मुलुकमा पर्यो

नेपाल टीपीएस सुबिधा प्राप्त मुलुकमा पर्यो


अमेरिकी सरकारले नेपाललाइ टीपीएस सुबिधा दिएको छ । गत अप्रिल २५ र त्यस पछि आएको विनाशकारी भुकम्प कारण भएको धनजनको क्षति भए पश्चात अमेरिकामा बसोबास गर्दै आइ रहेका नेपाली समुदाय र नेपाल सरकारको सयुक्त अनुरोध पछि अमेरिकाका ५४ जना कांग्रेशम्यान र सिनेटरशरु समर्थन पाए संगै डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो सुबिधा जारी गरेको हो । यस सुबिधाको प्राप्ति संगै अमेरिकाका कागज बिहिन भएर बसेकाका व्यक्ति, बिद्यार्थी भिसा सकेर कागज बिहिन भएका बिद्यार्थी, अमेरिका घुम्न आएको नेपाली पर्यटकले टीपीएस सुबिधा खारेज नहुन्जेलसम्म अमेरिकामा कानुनीरुपमा बस्न र काम गर्न पाउने छन् । जुन २४ बाट आवेदन लिन सुरु गरिसकिएको छ भने आवेदन लिने प्रकृया डिसेम्बर २१ सम्म जारी रहनेछ । सन् २०१६ को डिसेम्बर २४ सम्म नेपालीका लागि टीपीएस सुविधा प्रदान गरिनेछ । र यो सुविधा अन्तिम पटक नेपाल बसेर अमेरिकामा आएका अन्य देशका नागरिकले समेत पाउनेछन् ।
 
सन् २०१५ को जुन २४ भन्दा अगाडि अमेरिकामा छिरिसकेकाहरुले मात्र यो सुविधा पाउन सक्नेछन् ।टीपीएसले अमेरिकामा स्थायी रुपमा बसोबास गर्नका लागि कुनै बाटो खोल्दैन । टीपीएस अमेरिकामा आइसकेका व्यक्तिलाई उसको देशको खतरनाक अवस्थाका कारण फिर्ता जान नपर्ने अवस्थामात्र हो । यदि कुनै टीपीएस स्वीकृत भएको व्यक्तिले अमेरिकामा बसेर टीपीएस सेवाग्राहीका रुपमा लामो समय काम गरेको छ भने पनि टीपीएसकै माध्यमबाट उसले ग्रिनकार्ड पाउँदैन । तर अरु आधारमा ग्रिनकार्डको आवेदन दिनका लागि भने टीपीएस स्वीकृत भएको व्यक्तिलाई कुनै असर वा फरक पर्दैन । उदाहरणका लागि टीपीएस स्वीकृत भएको व्यक्तिले अमेरिकी नागरिकसँग विहे गरेमा, अमेरिकी रोजगार दाताले कामका लागि स्पोन्सर गरेमा वा एसाइलम स्वीकृत भएमा ग्रिनकार्ड प्राप्त गर्नका लागि टीपीएसले कुनै असर गर्दैन । टीपीएस स्वीकृत भएको व्यक्ति हुँदैमा एसाइएलम गर्न वा अन्य तरिकाबाट ग्रिनकार्डका लागि आवेदन दिन नपाउने हुँदैन । 
 
टीपीएस सुबिधा प्रकितिक प्रकोप, द्वन्द, युद्ध आदिबाट अति प्रभावित मुलुकलाइ दिने गरिएको सुबिधा हो यो सुबिधा ६ देखि १८ महिनाको हुने गर्दछ र अवस्था हेरी पुन नबिकरण पनि गर्ने गरेको छ हाल सम्म इक्वेडर, साल्भाडोर, सोमालिया, सिरिया, हैटी लगायतका देशले यो सुबिधा प्राप्त गरेको छ हैटीले सन् २०१० मा गएको महाभूकम्पपछि पाएको यो सुबिधा हालसम्म जारी छ 
 
 
यस अघि न्युयोर्कका प्रभावशाली सिनेटर चुक सुमरले केहि समय अगाडी नेपाललाइ टीपीएस सुबिधा प्राप्त भएको आफ्नो आधिकारिक वेब साइतमा प्रेस नोट जारी गरेको भएता पनि डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वेब साइतमा केहि जानकारी नआउदा केहि समय नेपाली समुदाएमा अन्योल छाएको थियो अमेरिका स्थित केहि समाचार मध्यमले सुमरको प्रेस नोटलाइ हवाला दिदै टीपीएस प्राप्त भएको समाचार बाहिर आए लगत्तै केहि संचार माध्यमले सो सुबिधा प्राप्त भै नसकेको समाचार सम्प्रेषण गरे पछि समुदायमा केहि दिन अन्योलता देखिएको थियो
 
हस्ताक्षर संकलनको बेलामा पनि केहि अन्योलता देखिएको थियो जसको परिणाम स्वरुप लाखौको बसोबास रहेको भनिएको अमेरिकामा केवल १२ हजार भन्दा केहि बढी मात्र हस्ताक्षर संकलन भएको थियो यस अभियानलाइ न्युयोर्क स्थित कानुन ब्यबसायी डिल्ली भट्ट, श्री पराजुली, नेपाली संस्था अधिकार, शैलेश श्रेष्ठ, संजय थापा, आनन्द बिष्ट र व्हाइट हिमाल टिभीको पहलमा शुरु गरिएको यस अभियानमा एनआरएन अमेरिकाका लगायत अमेरिका भरिका संघ संस्थाहरु र अधिकारको पहलमा सय भन्दा बढी अधिकारकर्मीहरुको संस्थाले एक्यबद्धता जनाएको थियो
 

शेयर गर्नुहोस:

27
Shares