मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रक्सोलमा थन्किए हजारभन्दा बढी सवारीसाधन

रक्सोलमा थन्किए हजारभन्दा बढी सवारीसाधन


वीरगन्ज । नेपालका लागि आयात गरिएका हजारभन्दा बढी सवारीसाधन सिमावर्ती भारतीय नाका रक्सोलमा थन्किएका छन् । भूकम्पले गर्दा विलासी बस्तु मानिने कार, जिप र अरु सवारी साधनको कारोबार ठप्प भएपछि त्यसको आयात पनि रोकिएको छ। 

'वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका पराकम्पनको असरले गाडीको आयात पनि प्रभावित भएको छ । भूकम्प नआएको भए आयात बढ्ने थियोु, वीरगन्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले भने, बैशाख १२ पछि गाडीको आयात ठप्पै भयो ।' 

उनका अनुसार चालु आर्थिक वर्षमा भूकम्पभन्दा पहिला गाडी आयात अघिल्लो वर्षको तुलनामा बढी थियो । भूकम्प पहिलेको आयातले गर्दा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा पोहोरको तुलनामा करिब ५ प्रतिशत बढी नै देखिन्छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि बैशाखसम्म १० महिनामा दश हजार ७ सय ५ ओटा जीप, कार र भ्यान भित्रिएका छन् । यसै अवधिमा अघिल्लो वर्ष ९ हजार ७ सय ६८ यस्ता सवारी भित्रिएको थियो । त्यस्तै ९७ हजार ५ सय ४२ वटा मोटरसाइकल यस बर्षको १० महिनामा भित्रिएको छ ।

गतवर्ष बैशाखसम्ममा ९५ हजार ६ सय ४६ ओटा मोटरसाइकल आयात भएको थियो । यस वर्ष वीरगन्ज भन्सार भएर २ हजार ४ सय ७४ वटा तयारी ट्रक तथा मिनीट्रक आएका छन् । 

अघिल्लो वर्ष यो संख्या १ हजार ५ सय ७७ थियो । त्यसैगरी बस र ट्रकको चेसिस आयात करिब हजार बढेको छ । भन्सारको तथ्याङ्कमा चालु वर्षमा ३ हजार ५ सय ५४ बस र ट्रकको चेसिस आएको छ । गत वर्ष यसै अवधिमा यो सङ्ख्या २ हजार ५ सय ७९ थियो । वैशाखसम्ममा दुई सय २६ वटा भित्रिएको मिनी ट्रक गतवर्ष जम्मा ९६ ओटा आएको थियो ।

पोहोरको तुलनामा करिब ७० प्रतिशत बढीले १ हजार ४ सय ४६ वटा पिकअप गाडी पनि आयात भएका छन् । गतवर्ष आठ सय ५४ पिकअप आएका थिए । सवारी तथा ढुवानीका साधनको आयातमा मात्रै करिब साढे २२ अर्ब रुपैयाँ बाहिरिएको छ । 
चालु आर्थिक वर्ष २०७१/७२ को बैशाख मसान्तभित्र वीरगन्ज भन्सार भएर २२ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ मूल्यका सवारीसाधन आयात भएको हो ।

वर्ष २०७०र७१ को बैशाखसम्म १८ अर्ब १७ करोड ४५ लाख रुपैयाँ मूल्य बराबरका यस्ता साधन आयात भएका थिए । मूल्यका आधारमा चालु वर्षको आयात अघिल्लो वर्षको भन्दा २३ दशमलव ६४ प्रतिशत बढी हो ।