राजनीति-समाज

वास्तविक भूमिहीनले अब लालपुर्जा पाउँछन् : प्रधानमन्त्री

वास्तविक भूमिहीनले अब लालपुर्जा पाउँछन् : प्रधानमन्त्री


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भूमिसम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले सात दशकसम्म आश्वासनमात्रै पाएका भूमिहीनले अब लालपुर्जा नै पाउने बताएका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले भूमिहीनलाई अब लालपुर्जा उपलब्ध गराउने काम अन्तिम चरणतर्फ पुगेको बताए ।

Advertisement

हालसम्म पाँच हजार ७३७ लालपुर्जा वितरण भएकोमा अब त्यसको गतिलाई बढाउने उनले बताए । २०१५ सालदेखि अहिलेसम्म विभिन्न पार्टीका सरकार र विभिन्न व्यवस्था फेरिए तापनि सुकुम्बासीको समस्या आज पनि समाधान गर्नुपर्ने प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको शाहले उल्लेख गरेका छन्।

नेपाली कांग्रेसले २०१५ सालमै यस विषयको उठान गरे पनि हालसम्म समाधान नभएकाले वर्तमान सरकारले यसको समाधान गर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘विभिन्न जिल्लामा लालपुर्जा नभएका स्ववासी, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ। यो सुरुवात हो । अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौँ ।’

हालसम्म प्रणालीमा कुल १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेको उनले बताए । यी निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिरहेको र अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढेको उनको भनाइ छ ।

‘हामीले निर्वाचनमा स्पष्ट वाचा गरेका छौँ, एक हजार दिनभित्र भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्ने। यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको छ । सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनुहुन्छ’, उनले भनेका छन् । त्यसका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए ।