नेपाल

नारायणी नदीको जल सतह इतिहासकै उच्च बिन्दुमा

नारायणी नदीको जल सतह इतिहासकै उच्च बिन्दुमा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

चितवन । नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका कारण आइतबार दिउँसो २ः१३ को समयमा नारायणी नदीले नयाँ रेकर्ड कायम गरेको हो ।

जल मापन केन्द्र देवघाटमा दिउँसो ११.९१ मिटर पुगेको थियो । जल मापन केन्द्र स्थापनाकालदेखि हालसम्म नदीको सतह यतिमाथि पुगेको पहिलो हो । यसअघि मध्याह्न १२ः०० बजे नदीको पानीको सतह ११.८९ मिटर पुगेको थियो । आइतबार ८ः०० बजेसम्म ११.१९ को बिन्दुमा रहेको छ ।

Advertisement

यसअघि २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर पुगेको थियो । त्यस्तै सोही वर्ष असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो। यस वर्ष नारायणीले इतिहासकै रेकर्ड ब्रेक गरेको जल मापन केन्द्र देवघाटका सुमित अधिकारीले जानकारी दिए ।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापनअनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दामाथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ ।