राजनीति-समाज

ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छ : सांसद् प्रसाईं

ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छ : सांसद् प्रसाईं


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रमेश प्रसाईंले मुलुकमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्ने बताएका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले भोगिरहेको ग्यास तथा चिनीको अभाव र महँगी अन्त्य गर्न सरकारले ‘दया र दण्ड’ को नीति लिनुपर्ने बताएका हुन् ।

Advertisement

सांसद प्रसाईँले प्रधानमन्त्री वालेन्द्र साहको आसन्न राष्ट्र संघीय महासभाको भ्रमणप्रति उच्च आशा व्यक्त गरे । उनले प्रधानमन्त्री साहले जलवायु परिवर्तनले हिमालयमा पारेको असर र त्यसबाट नेपालीले भोग्नुपरेको पीडालाई विश्वमञ्चमा कूटनीतिक मर्यादाका साथ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरे ।

आत्मदाहका घटनाबारे बोल्दै उनले यस्ता विषयलाई सञ्चारमाध्यमले अत्यधिक प्राथमिकता दिँदा समाजमा नकारात्मक उत्तेजना उत्पन्न हुने भन्दै चिन्ता प्रकट गरे ।

पछिल्लो समय मानिसहरूमा बढ्दो एकाकीपन र मनोसामाजिक समस्या समाधानका लागि सञ्चार क्षेत्र र राज्य दुवै संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।