नेपाल

रसुवागढी सुरूङमा फसेका ९३ जनाको खोजीमा ‘रक क्लाइम्बर’देखि हेलिकप्टरसम्म परिचालन

रसुवागढी सुरूङमा फसेका ९३ जनाको खोजीमा ‘रक क्लाइम्बर’देखि हेलिकप्टरसम्म परिचालन


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार सम्पर्कविहीन हुनेमा आयोजनाका ५१ कर्मचारी, एक सञ्चालक, दुई दैनिक ज्यालादारी कामदार तथा तीन ठेकेदार कम्पनीका ३९ जना छन् ।

Advertisement

सम्पर्कविहीन भएकाको खोजीका लागि नेपाली सेनाको उद्धार टोली आयोजनास्थल पुगेको छ । कम्पनीका अनुसार आवश्यक सामग्री र वरिष्ठ जियोलोजिस्टसहित सेनाको टोली हेलिकप्टरमार्फत आयोजनाको पावरहाउस क्षेत्रमा पुगेको हो ।

आयोजनाभन्दा बाहिर सम्पर्कविहीन भएकाको खोजीका लागि दक्ष रक क्लाइम्बरको टोलीसमेत परिचालन गरिएको छ । टोलीले जमिनबाट खोजी गरिरहेको कम्पनीले जनाएको छ ।

यसअघि हिमालय समिट क्लबको टोलीले पनि हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर खोजी गरेको थियो । तर, बिहीबार साँझसम्म सम्पर्कविहीनमध्ये कसैको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ । शुक्रबारदेखि खोजी कार्य पुनः सुरू गरिएको र थप विवरण आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।