काठमाडौँ । चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास निरन्तर जारी छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरूङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन् ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भएकाले उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेको छ, ‘२५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ । तर, म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक छ ।’
एक्स्काभेटर पुर्याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नको लागि आजदेखि काम सुरू भएको छ। सुरूङमार्फत एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको जनाएको छ ।
आयोजनाको सुरूङ स्थलमा ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयास जारी छ ।












प्रतिक्रिया