नेपाल

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डीन कार्यालयहरूमार्फत सञ्चालित सम्पुर्ण परीक्षाहरू स्थगित गरेको छ।

रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको हो ।

Advertisement

भदौ १२ गते बसेको त्रि.वि. कार्यकारी परिषदको बैठकले विपद्का कारण परीक्षार्थीहरूलाई पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै हालका लागि सबै परीक्षाहरू रोक्ने निर्णय गरेको जनाएको छ।

​निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा जारी सूचना अनुसार स्थगित गरिएका परीक्षाहरूको संशोधन तालिका चाँडै सार्वजनिक गरिनेछ। केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान/संकाय अन्तर्गतका परीक्षा सञ्चालक समितिहरूबाट आगामी भदौ २० गतेभित्र नयाँ परीक्षा तालिका प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।