नेपाल

लेदोले निर्मित नयाँ ताल फुट्ने जोखिम, तिब्बततर्फ उद्धार कार्य स्थगित

लेदोले निर्मित नयाँ ताल फुट्ने जोखिम, तिब्बततर्फ उद्धार कार्य स्थगित


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेको नयाँ ताल फुटेर थप विनाशकारी बाढी आउन सक्ने उच्च जोखिमका कारण चीनले आफ्नो भूभागतर्फको खोज तथा उद्धार कार्य तत्कालका निम्ति स्थगन गरेको बीबीसीले जनाएको छ ।

केरुङ नाकाभन्दा माथिल्लो तटीय क्षेत्रमा लगातारको भीषण वर्षापछि पहिरो र लेदोले नदी थुप्रिएर बनेको तालमा पानीको सतह तीव्र रूपमा बढिरहेकाले चिनियाँ अधिकारीहरूले निगरानी बढाएका छन् ।

Advertisement

लेदो र भग्नावशेषले थुनेर बनेको उक्त अस्थायी ताल जुनसुकै बेला फुटेर तल्लो तटीय क्षेत्रमा फेरि भीषण बाढी आउन सक्ने खतरा रहेकाले उद्धारकर्तालाई तत्काल काम रोक्न निर्देशन दिइएको चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन् ।

तिब्बततर्फ हालसम्म ५५० भन्दा बढी मानिस बेपत्ता छन् । बेपत्तामध्ये २६० विदेशी नागरिक छन् । उनीहरूमध्ये तिब्बतको पवित्र कैलाश मानसरोवर यात्राका निम्ति निस्किएका तीर्थयात्रीको ठूलो संख्या छ ।

यो नयाँ ताल फुट्ने खतराका कारण नेपालतर्फको तल्लो तटीय क्षेत्र रसुवा र नुवाकोटमा समेत थप क्षति हुन सक्ने जोखिम बढेको छ ।