राजनीति-समाज

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास सिर्जना गरेको छ । बाढीपछि ४०३ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बेपत्ता हुनेमा ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक छन् । बाढी गएको लामो समय बितिसक्दा पनि उनीहरूमध्ये कसैको अवस्था यकिन हुन नसकेको र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

Advertisement

बेपत्ता विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन् । भारतका १३३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्ककमा उल्लेख छ । त्यस्तै, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना नागरिक बेपत्ता छन् ।

यस्तै, युक्रेनका ७, सिंगापुर र दक्षिण अफ्रिकाका ६–६, जापान र न्युजिल्यान्डका ५–५ तथा जर्मनीका ४ जना नागरिक बेपत्ता छन् । फ्रान्स, स्पेन, रुस, नेदरल्यान्ड्स, आयरल्यान्ड, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया र फिलिपिन्सका नागरिकसमेत बेपत्ता सूचीमा छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले बेपत्ता पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएका छन् ।