काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा एक्कासि आएको बाढीमा परी ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण सुरक्षाकर्मीहरू समेत प्रभावित भएका हुन् ।
बाढीपछि नेपाली सेनाले सम्पर्कविहीन सैनिकहरूको अवस्थाबारे खोजी तथा उद्धारका लागि प्रयास गरिरहेको छ ।
यसैगरी, बाढीमा नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ ।












प्रतिक्रिया