ग्लोबल नेपाली

विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न इक्यान र एनआरएनएबीच समझदारी

विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न इक्यान र एनआरएनएबीच समझदारी


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । 

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीले कोठा, रोजगारी, मानसिक स्वास्थ्यदेखि मृत्यु भएपछि शव नेपाल ल्याउनेसम्मका गम्भीर समस्या भोगिरहेको बताए। 

Advertisement

उनले विगतमा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या प्रमुख रहेपनि अहिले अध्ययनका लागि जाने विद्यार्थीको समस्या बढ्दो रूपमा रहेको बताए । विद्यार्थीलाई विदेश पुगेपछि बसोबासका लागि कोठा खोज्ने, रोजगारी खोज्ने तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको उनीहरूको समस्या समस्या समाधान गर्न इक्कयानसँग समझदारी भएको बताए ।

अध्यक्ष शर्माले एनआरएनएको ‘रिब्रान्डिङ’ एजेण्डाअन्तर्गत विदेशमा रहेका सबै प्रकारका गैरआवासीय नेपाली नागरिकसँग संस्थालाई जोड्ने लक्ष्य रहेको बताए। सोही उद्देश्यअनुसार विद्यार्थीलाई पनि एनआरएनएसँग जोड्दै उनीहरूको समस्या समाधानमा सहकार्य गर्न इक्यानसँग एमओयू गरिएको उनको दाबी छ ।

अध्यक्ष शर्माले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी भविष्यका गैरआवासीय नेपालीसमेत भएकाले उनीहरूलाई नेपालबाटै संस्थागत रूपमा जोड्न संस्थासँग जोड्ने अभियानमा एनआरएनए रहेको समेत बताएका छन् ।