काठमाडौँ । काठमाडौँको शंखमूलस्थित भ्याली होस्टलमा भएको युवकको हत्यामा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद थप गरेको छ ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई आइतबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको हो ।
हत्या प्रकरणमा मुख्य आरोपी बारा कलैया–३ का १९ वर्षीया शेखर यादव, १९ वर्षीय प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरविरूद्ध छानबिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर थापाले जानकारी दिए ।
‘उनीहरू तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप भएको छ’, उनले भने, ‘मुख्य आरोपी दुई जना हुन् ।’
उनका अनुसार पीडित पक्षले होस्टल सञ्चालकको पनि लापर्बाही भएको भन्दै उजुरी दिएपछि उनलाई पनि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । तर, उनी घटना हुँदा होस्टलमा नभएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया