राजनीति-समाज

घन्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ : रवि लामिछाने

घन्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ : रवि लामिछाने


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे घन्टीमा भोट हालेका मतदाताले प्रश्न गर्ने अवस्था आउन नदिन पार्टी पङ्क्ति गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौँमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृङ्खलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकार गठन भएको पहिलो वर्ष जग बलियो बनाउनमै केन्द्रित हुने भएकाले तत्काल सबै काम देखिन नसक्ने बताए ।

Advertisement

‘सरकारले पहिलो वर्ष जग हाल्नुपरेकाले खासै काम देखिँदैनन् । सय दिन पूरा भएपछि सरकारले अन्तर्क्रिया गरेको छ । मन्त्रीहरू झन् सक्रिय हुनु भएको छ,’ उनले भने, ‘सरकार जग बलियो बनाउन लागेकाले धैर्य गरौँ ।’

उनले पार्टीले बनाएको विधि, निर्देशिका, नियमावली तथा अनुमोदित राजनीतिक दस्ताबेजको अक्षरशः पालना गरिने समेत स्पष्ट पारे । उनले विधि मिचेर आफ्नो अस्तित्वमाथि प्रश्न आउने काम हुन नदिने कुरमा आफू स्पष्ट रहेको समेत बताए ।

उनले भने, ‘आफू नेतृत्वमा भएको बेलामा विधि मिचेँ भने मेरो अस्तित्वमा पनि तपाईंहरू प्रश्न गर्न पाउनुहुन्छ । त्यसकारण मेरो अस्तित्वमा प्रश्न आउने काम मेरो कार्यकालमा नहोस् भन्ने कुरामा म सचेत छु । क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी यी सबै कुराहरूको अक्षरशः पालना गरेर उम्मेदवारहरूको पालना हुन्छ । पार्टीले अनुमोदन गरेका राजनीतिक दस्ताबेजहरूको अक्षरशः पालना हुन्छ । पार्टीले बनाएको विधि, निर्देशिका, अनियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ ।’

सरकारका कामबारे नागरिकले उठाएका प्रश्नको जवाफ पार्टीले दिनुपर्ने लामिछानेको भनाइ थियो । त्यसका लागि आफू स्वयं मधेस यात्रामा जान लागेको र पार्टीका अन्य नेताहरू पनि गाउँगाउँ पुग्ने उनले बताए ।

‘अब म आफैँ मधेसतिर जाँदैछु । म मधेस यात्रामा जान्छु । अन्य साथीहरू गाउँ–गाउँ जानु हुनेछ । अब धमाधम जिल्ला अधिवेशन हुनेछन्,’ उनले भने ।